Wednesday, 14 November 2018

हाईकुहरू

"हाईकूहरु"

चञ्चल मन
सम्हाल है कालीले
उड्ला हावा झै !!

मिठास छ है
कलकल बग्ने त्यो
उन्को आवाज !!

झझल्को उन्को
आँखाको वरिपरी नै
हेर्छु गगन  !!

बैमानी भयौ
आँधी हुरी झै तिमी
उडाई मन !!

हरायो रवि
पश्चिम तर्फ जाँदा
खोज है "कवि" ! !

हृदय माझ
लुकाउन चाहन्थेँ
खस्यौ भुँइमा  ! !

मौनता चिर्दै
निश्कियो पृथ्वी माझ
अबोध बच्चा  ! !

हियामा चोट
डढेलो लाग्या बन
मौन छन् ओठ  ! !

छरेर लाली
सुन्दर देखिएकी
"बन्को" रानी झैँ  ! !

ओहो ! टाकुरा
हिउँ न'भै उठेका
पापी माकुरा  ! !

पहिलो प्रेम
उपहार के दिउँ
काँडा कि फूल. . ?

उठाऊ काठ
उपहार दिउँला
श्रंदाञ्जलीमा  ! !

छिप्पिदो रात
हुर्कदो यो जवानी
सुराको मात  ! !

पिरती हाम्रो
उदाहरण बन्यो
कर्कलो पानी  ! !

सुन्दरी रै'छौ
जिस्काएँ गल्ती भो
नटोक है त  ! !

प्रकाश पाठक "योगी"
चितवन-१-जगतपुर
हाल-चेन्नई भारत

No comments:

Post a Comment