दुई मुक्तक बहरमा
"मुक्तक"-- १
मलाई कुनामा लगेरै सुनायौ
बढी रै'छ पीडा कहेरै सुनायौ
कुरौटे भनेरै छ चर्चा जगतमा
कुरा थोर पक्कै सुनेरै सुनायौ
"मुक्तक" -- २
कहाँ हुन्छ माया, छ चाहा अरूकै
मलाई भने लाग्छ डाहा अरूकै
बस्यौ प्यार गर्दै ~ तिमी नै मनैमा
हियामा छ माया, अथाहा अरूकै
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन
No comments:
Post a Comment