Wednesday, 14 November 2018

गजल

"गजल"

उनी थिईन् म पनि  थिएँ के के भयो भयो
ओठमा ओठ जोडी दिएँ के के भयो भयो
! !
सोह्र सत्र बर्षे कलकलाउँदो बैँस रहेछ
उनको जवानी रस पिएँ के के भयो भयो
! !
नआऊ वरवर भन्थिन् के मान्थ्यो र तन
लाली अधरमा चुम्बन लिएँ के के भयो भयो
! !
म थिएँ फलाम अहो उनी आगो नै रहिछन्
ताप पर्यो र एकाएक खिएँ के के भयो भयो
! !
नचलाउन पर्ने चलाएँ मैले जवानी उसको
शुद्ध नै छु कि कतै कुहिएँ के के भयो भयो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन

No comments:

Post a Comment