Wednesday, 14 November 2018

बहरे गजल

अभ्यास मुतकारिब

अनेकौं बहाना  बताई   सतायौ
सधै नै पियारी   मलाई  सतायौ
! !
गरेँ प्यार गाढा   भयौ दूर जै'ले
तिमी अन्त   धेरै   रमाई सतायौ
! !
थिए  लाख  इच्छा सझाई रहेका
हियामा जहर त्यो खनाई सतायौ
! !
थिएँ दीप जस्तै यहां निभ्न ला'को
कहाँ बाट दिलमा उदाई सतायौ
! !
दिवा स्वप्न देख्दै थिएँ आज मैले
परैबाट   चर्को  कराई   सतायौ
! !

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन

No comments:

Post a Comment