Wednesday, 14 November 2018

दोहरी मक्तक

सधै झै मुक्तक पाठशालामा हुने मुक्तक सवाल जवाफमा आज पनि खगेन्द्र न्यौपाने समर्पण र प्रकाश पाठक "योगी" बिच *मागी बिहे वा भागी बिहे * बिषयलाई लिएर भएको मुक्तक सवाल जवाफ यस प्रकार छ !!

१:-केटी :- खगेन्द्र न्यौपाने "समर्पण"
२:-केटा:- प्रकाश पाठक "योगी"

         
       मुक्तक-१-प्रकाश
कोही छौ हजुर भागेर जानि म सँग यहाँ
पीडामा कटक्क मन खानि म सँग यहाँ
म चाहन्छु बेहुली बनाएर लानलाई  हेर
पिर ब्यथा मेरै भनेर लानि म सँग यहाँ

       मुक्तक -१-खगेन्द्र
दारीजुङ्गा सबै फुलि सकेछ तिम्रो
दारु खाएरै उठीबास भएछ तिम्रो
पैसा नभएपछि भाग्ने कुरा गर्छौ
बिहे गर्ने हिम्मत रैन रहेछ तिम्रो

              मुक्तक -२
मर्दको दार्ह्रि जुँगा   आउनु स्वभाविक हो
बैसमा चोखो माया लगाउनु स्वभाविक हो
हैन मागेर बिहे गरौ भन्दा दाईले कुट्छ भन्ने
आफ्नो मायालाई भगाइ पाउनु स्वभाविक हो

         मुक्तक -२
उसोभए मेरो दाइसँग अाजै कुरा गर
भनिदेउ उनलाई, दाजु परे हुन्छ भर
हिम्मत नभएपछि अनेक कुरा फेर्छौ
चाहिदैन यस्ता नामर्द सरे हुन्छ पर

              मुक्तक -३
आफै डराएर कुरा नगर्नुस भो भन्यौ
मेरो दाई सार्ह्रै रिसाह  छन् पो भन्यो
बनाएर बहाना आफैले पहिला  धेरै
आजकल डरपोक भएछौ हो भन्यौ

           मुक्तक -३
म त छोरी मान्छे परेँ दाजुसँग डराउनु पर्छ
उहाँ भन्नुहुन्छ, बुने गतिलो मन पराउनु पर्छ
तिमी त लफाङ्गो मलाई पाल्न नि सक्दैनौ
तिम्रो घर अाएर फेरि बाख्रा चराउनु पर्छ

             मुक्तक -४
हिजो म भन्दा मरिहत्ते गर्नेले के भनेको
मेरो नाम दिल भित्र नै  भर्नेले के भनेको
म लफङ्गो भनेर आजकल भन्न थाल्यौ हँ
एक इसारामा म भए तिर सर्नेले के भनेको

                 मुक्तक -४
अनि माग्न अाउ भन्दा त भाग्न अाउ भन्छौ
सबैलाई चटक्कै छोडेर अर्कैतिर जाउ भन्छौ
पहिला मेरो अाँखामा तुवालो लागेको रैछ
पीजा बर्गर ख्वाउ भन्दा सेलरोटी खाउ भन्छौ

              मुक्तक -५
सम्पत्ति देखेर मलाई माया गरेकी हौ र काली
म सम्पन्न ठानेर अंगालोमा भरेकी हौ र काली
माया पैसामा बिक्दैन भनि सुनेको झुट रैछ
मलाई छोडेर तिमी अन्त सरेकी हौ र काली

             मुक्तक -५
मायाले मात्र के गर्छौ राजा माम छैन भने
बिहानबेलुका छाकटार्नलाई दाम छैन भने
मलाई सम्पत्ति होइन मेहनती केटा चाहिन्छ
के गर्नु तिमीजस्तो बेगारी कुनै काम छैन भने

              मुक्तक -६
पाखुरी बजारेर पाल्नेछु म रमाई रमाई
रुन दिन्न यो मर्दले कहिल्यै हात समाई
डाक्टर, पाईलटर ईन्जीनिर नबने पनि
हलो जोतेर पेट पाल्ने सदैव गरेछु कमाई

                मुक्तक -६
भगाउने कुरा गर्छौ भोलि समाजले चेप्छन
अाफन्त साथिभाई,छरछिमेक सबैले हेप्छन
भागेर बिहे गरेका धेरै देखेको छु अरुपनि
कठै बिहेपछि अाफ्नै लोग्नेको कुटाइ खेप्छन

                मुक्तक -७
भगाउने कुरा गर्छौ भोलि समाजले चेप्छन
अाफन्त साथिभाई,छरछिमेक सबैले हेप्छन
भागेर बिहे गरेका धेरै देखेको छु अरुपनि
कठै बिहेपछि अाफ्नै लोग्नेको कुटाइ खेप्छन

                मुक्तक -७
भागि बिहे गर्ने हो बदमाशी चै  गरेको हैन
मन मिलेर माया गरेको इज्जत हरेको हैन
समाज सँग किन डराउछ्यौ प्रिंया अचेल
डराएर चुपचाप बस्न अंगालोमा भरेको हैन

              मुक्तक -८
भगाउने कुरा गर्छौ भोलि समाजले चेप्छन
अाफन्त साथिभाई,छरछिमेक सबैले हेप्छन
भागेर बिहे गरेका धेरै देखेको छु अरुपनि
कठै बिहेपछि अाफ्नै लोग्नेको कुटाइ खेप्छन
          
              मुक्तक -८
भागि बिहे गर्ने हो बदमाशी चै  गरेको हैन
मन मिलेर माया गरेको इज्जत हरेको हैन
समाज सँग किन डराउछ्यौ प्रिंया अचेल
डराएर चुपचाप बस्न अंगालोमा भरेको है

           मुक्तक -९
भोलि भन्नेले जे पनि भन्न पाउछन्
हो समाजबाट नै डाडा कटाउछन्
तिमीसँग यसरी भागेर गएँ भने त
मेरा सबै माइती मसँग रिसाउछन्

           मुक्तक -९
तिम्रो बाबाले आमालाई भगाएरै ल्याए
हो मन्दिरमा गएर सिन्दूर लगाएरै ल्याए
हैन किन आपत्ति भागी  बिहे गर्दा यहाँ
बाजा ठोकि समाजलाई  जगाएरै ल्याए

               मुक्तक -१०
बिहेको लागि ब्याङ्कमा पैसा  राखेका  छन्
अाजसम्म हाम्रो  कुलको इज्जत ढाकेका छन्
बाबा अामाले जसरी बिहे गरेका भएपनि हेर
मेरो चै बाजा ठोकेर गर्ने छु भनि तातेका छन्

           मुक्तक १०
हो जोर बाजा ठोकेर बिहे गरौला
रातो डोलीमा बोकेर बिहे गरौला
पिर नगर तिमी, देखाउला सबैलाइ
बिहेको दिन पनि तोकेर बिहे गरौला

             मुक्तक -११
ल ठीक छ उसोभए माग्न कहिले अाउछौ
मलाई रातो सारीमा सिन्दुर कहिले लाउछौ
बाबा  सँग कुरा गर्दा मिलाएर गर्नु  है प्यारा
नत्र भने त बाघेझापु र भाटाको डाम पाउछौ

               मुक्तक -११
घरपरिवार सबै लिएर माग्नलाई आउनेछु
बिवाहको लगन जुराई सिन्दूर  लगाउनेछु
बालापन देखीको हाम्रो त्यो माया हो प्रिय
सातौ जुनीको लागि म अंगालोमा पाउनेछु

         धन्यवाद  !!

No comments:

Post a Comment