Wednesday, 14 November 2018

मुक्तक

[ प्रतियोगी तिन मुक्तकहरू ]

मुक्तक :- १ चाडपर्वको महत्व

आशको  मुस्कान  सबैमा भर्दछ चाडपर्वले
आपसी मिलापको ज्योती छर्दछ चार्डपर्वले
चाडपर्वको महत्व,सधैँ छ अपरम पार जस्तो
र त पर्यटनको ध्यानाकर्षण गर्दछ चाडपर्वले

मुक्तक :- २ विकृति र विसंगति

रातभरी सबैको घर  घरमा बत्ती बलेको छ  चाडपर्वमा
कोही रक्सी पिएर चोक चोकमा ढलेको छ  चाडपर्वमा
समाजको रति राम्रो भएन,श्रीमतिको पनि गहना रहेन
हेर्नुहोस् जूवातासको महामेला चलेको छ  चाडपर्वमा
               
"मुक्तक" ३ विकृति र विसंगति

गरिबले जसरी भए  पनि  यहां आट्नै पर्छ
देखाउनलाई भए पनि त  खसी काट्नै पर्छ
मन मेरो ढुक्क छैन नमनाए  पनि सुख छैन
चाडपर्व पो आज,भोली त खोले चाट्नै पर्छ  ।।

नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर नगरपालिका २३ जगतपुर  चितवन, नेपाल
पेशा :- बेरोजगार
जन्ममिति :- २०४३/०७/०७

No comments:

Post a Comment