Wednesday, 14 November 2018

लघुकथा

लघुकथा :- तिहारको माला

मस्त निद्रामा सुतेको थियो प्रकाश । १६ घण्टा कामको थकान थियो निद्रा नलागोस् पनि कसरी लाग्ने नै भयो न त परदेशमा कोही छ, आफ्नो हेरविचार गर्ने, खाना बनाएर खान दिने, काममा सहयोग गरिदिने । सबै आफैले गर्दा लखतरान परेर निदाएको थियो । अचानक फोनको घण्टी बज्छ टिरिङ्ग टिरिङ्ग. . . .
आँखा मिच्दै फोन उठाउँछ :- हेल्लो
उताबाट आवाज आउँछ :- दादा दर्शन, के छ खबर, तिज गयो, दशैँ गयो, खै घर आउनुनै भएन कति निष्ठुरी हजुर त, यो साल पनि मेरो बाटो हेरेर अनि रोएरै तिहार बित्ने भयो हैन. . . ?
प्रकाश :- ओहो  !  बैनी आज एकाविहानै सम्झिस् त । म ठीक छु । होईन होईन नसम्झेको होईन सम्झना अविरल छ काममा व्यस्त भएर हो अचेल फोन नगरेको । अनि के छ बाबा आमा सबैलाई सन्चै छ. . . ?
बैनी :- अँ होला खुब, सधैँ झुट बोल्नु हुन्छ आउँछु भन्दै नआउँने ।
प्रकाश :- होईन यसपाली त जसरी पनि आउँछु तिहारमा ।
बैनी :- भगवान् कसम. . ?
प्रकाश :- तिम्रो कसम बैनी ।
बैनी :- हवस् छिट्टै आउनुहोस् म तिहारमा थुप्रै उपहार दिन्छु ।
प्रकाश :- हवस्
यति भन्दै दाजु बैनीको वार्तालाप बन्द हुन्छ । प्रकाशले कम्पनीमा छुट्टी लिन्छ र घर तर्फ खुशी हुँदै हिड्छ । मनभरी खुशी सजाउँदै प्रकाश गाउँमा छिर्छ चारैतिर मखमली फुलेको छ,  घरघरमा रमाईलो देखिन्छ, लिँगे पिङ, चर्खे पिङ, गाँउ नै झिलिमिली छ । क्रमशः ऊ घरतर्फ प्रस्थान हुन्छ घर निजिक पुग्छ तर उस्को घरमा न कुनै झिलिमिली छ,  न मखमली नै छ,  सबैको अनुहार मलिन छ । ऊ नजिकै गएर आमालाई सोध्छ के भयो आमा, किन रूनु भएको बैनी खै त. . . ?  आमाले हातमा लिएको पत्र थमाउँदै भनिन् बैनी यहाँ छ ।
प्रकाशले पत्र खोल्दै नजर दौडाउँछ त्यहाँ यस्ता शब्द पाउँछ "दाजु म लुटिएँ र जीवनबाट शुख्ख पाउन हिँडेँ" तर तपाईँको उपहार गोठको किलामा झुण्डाएर राखेकी छु "तिहारको माला" ।

नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल

No comments:

Post a Comment