Monday, 29 January 2018

सहिद दिवस

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

"मुक्तक"

देशको लागि आफ्नो ज्यान अर्पित गर्छन सहिद
जिवनदान छोडी मृत्यु  अँगालोमा भर्छन् सहिद
गंगा,दशरथ,शुक्रराज र धर्म तिमीलाई सलाम
आफ्नो खुशी छोडेर देशको लागि  मर्छन् सहिद

-    प्रकाश पाठक "योगी"
ना. न. पा १० जगतपुर
हाल -चेन्नई भारत

Saturday, 27 January 2018

बहर

"गजल"

अनेकौं   बहाना   बनायौ    तिमीले
हियाबाट  साच्चै   हटायौ    तिमीले
!!
यता दिल दुखाई खुशी मिल्छ क्यारे
छुरा रोपी यो दिल  दुखायौ   तिमीले
!!
जवानी  सुरा  त्यो  मलाई    पिलाईँ
मिठा  बातमा  नै  फसायौ   तिमीले
!!
न बोल्छ्यौ  मनैको  कुरा ती खुलेर
मध्य रात   जै'ले     उठायौ  तिमीले
!!
म साह्रै  छु सोझो  पियारी  बताईन्
लुकाएर   प्याला पिलायौ   तिमीले

बहर :- मुतकारिब
सूत्र :- १२२/१२२/१२२/१२२
विश्राम :- ६ अक्षरमा

१२/१०/२०७४

"गजल"

बस्यो माया गाढा भुल्नै गाह्रो भो
तिमी सामु  सिधै खुल्नै गाह्रो भो
!!
घरमा छ बूढी पीडा  कति मलाई
केटी समाई बजार डुल्नै गाह्रो भो
!!
मनमा माया कति हो कति लाग्छ
डरले गर्दा  दिलमा हुल्नै गाह्रो भो
!!
कोपीलामा  सिमित  रहने भो माया
तिम्रो मनको बागमा फुल्नै गाह्रो भो
!!
सुनेँ खबर तिम्रो घरवार  भयो भनि
छरपस्ट भए आँसु बटुल्नै गाह्रो भो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Wednesday, 24 January 2018

कविता

कविता :- "प्यासी मुसाफिर"

मदिरापान गरेर आफ्नो
जवानीको आँगो सान्त
पार्न यत्र-तत्र भौँतारिएका
ब्वासाहरू हरेक साँझ
भट्टीवाली साहुनीलाई
कुदृष्टि लगाउन छोड्दैनन्
ती वैवाहिक युवाहरू....

अनेकानेक बहाना बनाईं
कहिले हात,कहिले पाँखुरामा
स्पर्श गरेर रमाउन चाहन्छन्
भने वैचारिक सोचमा आखिरी
पलमा पुगि सकेका पनि छन्

कहिले रत्नपार्क,
कहिले चाबहील,
कहिले जाउलाखेल,
कहिले लगनखेल,
कहिले हनुमान ढोका,
कहिले पाटन,
कहिले सुन्दरीजेल,
कहिले भक्तपुर,
कहिले क्रितिपुर,
कहिले बनेपा,
कहिले सूर्यबिनायक
कहिले कालिमाटी,
कहिले गौशाला,
कहिले टुडिखेल,
कहिले कोटेश्वर,
थाहा छैन् कहाँ-कहाँ
भौँतारी रहेछन्.....
     तर पनि
जवानीको आँगो ननिभ्दा
आकुल ब्याकुल प्यासी
ती काकाकुलहरू
चौतर्फी गिद्दे नजर डुलाएर
हेरिरहेका हुन्छन्....
         र
हरेक भट्टीवाली साहुनीलाई,
सडकमा हिडेका नारीहरूलाई,
जहाँ पायो उहिँ वैचारिक बलात्कार गरिरहेका हुन्छन्...
            
आफ्नो हवसको शिकार
      बनाउन नपाए,
हरेक भट्टीवाली,
हरेक पसलवाली,
हरेक गाउँवाली,
हरेक बजारवाली,
हरेक समाजवाली,
हरेक टोलवाली,
हरेक घरवाली
       र
हरेक देशवाली
हरेक नारीलाई यहाँ 
चरित्रहीन स्त्रीको उपमा
भिराई दिन्छन् र सजिल्यै
भन्छन् छि: "चरित्रहीन स्त्री"

प्रकाश पाठक "योगी"

२०७४/१०/१०

"मुक्तक"

केटीहरू देखेँ भने पर नै कदम रोक्न मन लाग्छ
भाइटिकाको सामान   झोलामा बोक्न मन लाग्छ
जुन दिन मलाई नराम्रो धुलाई गरेका थिए सबैले
त्यो दिन देखी केटीलाई सलाम ठोक्न मन लाग्छ।

प्रकाश पाठक "योगी"

२०७४/१०/१०

"मुक्तक"

तँलाई बगरमा झार्छु भन्दै आयो
उचालेर भाला मार्छु  भन्दै आयो
म रोएँ कराएँ केही लागेन आज
काल यमलोक सार्छु भन्दै आयो

"योगी"

Saturday, 20 January 2018

स्वतंत्र

"गजल"

आज आफ्नै श्वास टाढिएको छ
शिरैको   सिन्दुर उजाडिएको छ
!!
म कसरी यो जगतमा रम्न सक्छु
मेरो मुटु नै धरासँग टासिएको छ
!!
बुढेसकालको साहारा  उनि नै हुन्
भए दूर प्यारा आशा भाँचिएको छ
!!
तँ कति पापी एक्लै   हिडिस्  रमाई
हेर आँफुमात्र फूलले सज्जिएको छ
!!
त्याग्छु देह बिन्ती मलाई नरोक्नुस्
मेरो प्राण "योगी" मै अल्झिएको छ

नोट :- मुसलसलमा रहेको छ

Thursday, 11 January 2018

मुतकारिब

बहर :- मुतकारिब
सूत्र :- १२२/१२२/१२२/१२२
विश्राम :- ६ अक्षरमा

"गजल"

समाएर झोला हिड्यौ  है पियारी
अधरमा छ लाली कताको सवारी
!!
हिडेको छु तिम्रै हियाको डगरमा
लगी राख ढोका   मनैको उघारी
!!
लुट्यो है छिमेकी कुमाऊँ र  टिष्टा
छ   रूँदै सिमाना  नेपाली  पुकारी
!!
म खोज्दै थिएँ त्यो छुटेको सहारा
भन्यौ ढुक्क सङ्ग  मलाई भिखारी
!!
बढी सुन्छु हल्ला  पियारी यहाँ म
छ बाँझो अरे  त्यो  पखेरो र बारी

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

मुतकारिब

बहर :- मुतकारिव
सूत्र :- १२२/१२२/१२२/१२२

''गजल"

आएको छ आँधी उडाउछु भनेर
नयनको   जलैले  डुबाउछु भनेर
!!
भयो दु:ख बड्ता म द्यौता  पुकारेँ
यहाँ  काल  आयो  घुमाउछु भनेर
!!
गएकाे थियाे   देश छाेडि   प्रवास
छाेराे शाहुकाे ऋण कटाउछु भनेर
!!
मनैको  ब्यथा  यो  रहेछ  अनौठो
बित्यो बैँश माया  जताउछु  भनेर
!!
खुशी छैन् कदापि सधै यो  जवानी
बित्यो साहुको  रीन् चुकाउछु भनेर

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

कविता

कविता :- मनको भाव

चलाएको कलम
रोक्नै लागेको थिएँ
अचानक मानस्पटलमा
बिगतको कहानी एकाएक
        ठोकिन पुग्यो..

सोचेँ केही गम्भीर भएर
ती उठाएका हतियार,
ती लुटेका धन,
ती पुछिएका सिउँदो,
ती अलपत्र परेका लाश,
ती हराएका छोरा/छोरी,
ती टुहुरा भएका छोरा/छोरी,
ती विधुवा बनेकी नारी,
ती बूढा आमा/बाबा,
     ओहो ! 
के भयो होला...?
त्यो धन, ती बूढा बाबा आमा,
ती अलपत्र लाशहरू,
ती टुहुरा छोराछोरी,
साच्चै न्याय पाए होलान् त......?

जंगलको "लाखु" सहर गयो
देख्यो सन्सार उतै रमायो
यता हजारौं स्वप्न देखायो
दुनियाँलाई मारी आफ्नो
      भाग्य लेखायो..

आएनन् आफन्त देश बदल्न
            हिडेँका
देश भक्तिमा चुर्लुम्म डुबेका
झिनो आशा अझैँ छ रहेको
कि छ कि सबैलाई कालले
         लगेको.....

कहाँ गए खै स्वप्न फुलाउने
मीठा मीठा बातमा भुलाउने
कैयौंलाई देखाएर अनेकौं रहर
घरवार जोडे आफ्नो मात्र
         सहर..

हराएका छोरा/छोरी फर्केलान्
बाबा आमाका आँसु दर्केलान्
खै यो दिन आउला र कहिले
हाम्रा "महोदय" कहाँ छन्
           अहिले.....?

दाइ तिमी वनमै रमाउथ्यौ
सानो ठूलो सबैलाई सघाउथ्यौ
किन एकाएक फेरीयो मन
जति लुटे पनि कमै भयो धन
        ओहो!  दाइ
मेरा ती बिगतका दिन
        फर्काई देऊ,
दाजुभाइ दिदीबैनीहरू
         फर्काई देऊ,
मेरो जवानी बित्यो तिम्रै
       "चाकडीमा"
हिजो सम्म म चन्दन थिएँ
आज एकाएक अग्राख भएँ
   देशको परिवर्तन भन्यौ
    परिवर्तन तिमी भयौ
           खै...?
गरेका बाचा पुरा गरेको...?
जनताको लागी मरेको....?
हिजो झैँ आज अगि सरेको...?
अरूको दु:खमा आँसु झरेको...?
        हरेक कुराहरु
              कहानी भयो
               सधै झुठको विहानी भयो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

स्वतंत्र

"गजल"

स्वयम् छ मूर्ख जगत दोषी देखायो
किन खै उस्ले  फगत दोषी देखायो
!!
संस्कार बिर्सिएछन् छोराछोरीहरूले
समजाले बंशकै रगत दोषी देखायो
!!
लुट्न पाएन मन्दिरमा जसै गरे पनि
ओहो!पुजारीले भगत दोषी देखायो
!!
भ्रष्टाचारी हो भन्दै  पुलिसले समाउँछ
वकील घुस लिएर लगत दोषी देखायो
!!
मन्दिर,मस्जिद,चर्च,गुम्बा पुज्दै हिड्दा
"योगी"भयो भनि अवगत दोषी देखायो

Tuesday, 9 January 2018

मुक्तक

"मुक्तक"

मान्छेहरू यहाँ अचम्म पर्छन् नदीको छाल देखेर
माछा कसरी फस्यो भन्छन् माझीको जाल देखेर
मानव यति सम्म स्वार्थी छन् यो कुरा प्रष्ट बनायो
कठै ! पनि भनेन् सैयामा "योगी"को बेहाल देखेर

        प्रकाश पाठक "योगी"

Monday, 8 January 2018

मुतकारिव

मुतकारिव १२२×४

दिएको छु माया हियामा  लुकाऊ
निधारै उपर त्यो टिकामा  सजाऊ
!!
दिएँ  प्राण  त्यागी   उसैको निमित्त
कि सम्हाल मुर्दा  कि जाऊ जलाऊ
!!
नसोचे  नराम्रो    चिताऊ भलो याँ
बरू क्रोध  मनको  सबै ती  हटाऊ
!!
लगातार  धोका    नदेऊ    मलाई
छुरा घोप दिलमा   चितामा सुताऊ
!!
भयो कष्ट ज्यूँन   अकस्मात मलाई
तिमी याद  भन्दा जहर   नै  पठाऊ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

अज्ञानी

गजल

अज्ञानी,अशिक्षित रहेछ भक्त स्वयं बुझ्ला के अब
द्यौता मान्थ्यो मूर्ति ढुङ्गो  निस्कियो पुज्ला के अब
!!
पुगे सरी भो चुनाव जिते पछि नेतालाई अब के चाहियो
बाजानै बजाए पनि निदाए झैँ गर्‍यो उठ्ला के अब
!!
गाउँ विकास नगर्नेलाई जान्या छु भन्थ्यो यौटा मुर्ख
खै त चुपचाप बसेछन् नेताजीहरू कुट्ला के अब
!!
जित्यौ बहुमतले रमाएर गयौ तिम्रो काठमाण्डौं
आगामी निर्वाचनमा जनताले साच्चै चुन्ला के अब
!!
गर्नु गर्यौ वचनको प्रहार यत्र-तत्र ए नेताजीहरू हो
चिहानमा सुतेको मुर्दाहरूको दिल दुख्ला के अब

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Sunday, 7 January 2018

आफै डाक्टर

"गजल" अभ्यास

आफै डाक्टर आफै   धामी तिम्रो सहरमा
सबै मायाकै रहेछन् बिरामी तिम्रो सहरमा
!!
आखिर यो कस्तो अनौठो प्रेम रहेछ तिम्रो
कोही छन् जन्ती क्वै मलामी तिम्रो सहरमा
!!
समीप बस्दा राम्रो,टाढा बस्दा भएँ नराम्रो
हजारौं हजार भेटेँ प्रतिगामी तिम्रो सहरमा
!!
अन्धकारमा हराएको एकल यात्री म थिएँ
कसैको  प्रेमले  बनायो नामी तिम्रो सहरमा
!!
लुट्नु लुटे "प्रकाशलाई" झुटो प्यार देखाई
जसोतसो बाँच्दैछ मुटु छामी तिम्रो सहरमा

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

बगायो नयनले

मुतकारिब १२२×४

बगायो नयनले    अचानक यि आँसु
यहाँ दिल  दुखाई    कसोरी म   हाँसु
!!
न  बस्यौ  हियामा न  बन्यौ   पियारी
छ तस्बिर चिनो याँ म फालूँ कि टाँसु
!!
दुखाउन्न यो  दिल  कदाचित्  अवश्य
बरू   यादलाई      सँगालौ   कि नाँसु
!!
झझल्को   उसैको  छ   छोडी  गए'नि
हजार छन् चिनो ती म राखौँ कि  माँसु
!!
छु  हैरान      जै'ले     बिमारी     भएर
यहाँ  मौन   धारण   मरौँ  या   त काँसु

Saturday, 6 January 2018

मनैमा बसेकी २०१८/०१/०२

गजल

मनैमा  बसेकी   पियारी तिमी हौ
अधर यो डसेकी पियारी तिमी हौ
!!
नराम्रो नठान्नु    अनौठो   नमान्नु
अँगालो कसेकी पियारी तिमी हौ
!!
म  राम्री छु  भन्ने थियो है  घमण्ड
अनेकौं  घसेकी  पियारी तिमी हौ
!!
हजारौं  थिए यी नयनमा  बसेका
दिलैमा  पसेकी  पियारी तिमी हौ
!!
सुहाएको छैन् अधरमा  त्यो लाली
बढी नै  धसेकी   पियारी तिमी हौ

बहर :- मुतकारिब
सूत्र :- १२२/१२२/१२२/१२२
विश्राम :- ६ अक्षरमा

दुखाएर दिल यो २०१८/०१/०२

गजल

दुखाएर दिल यो   रमायौ मजाले
अरू सङ्ग नाता   जमायौ मजाले
!!
तिमी यो हियामा बसेकी थियौनि
हिया भित्र घाउ  थमायौ  मजाले
!!
सधै रम्छु भन्थ्यौ अकेलै   अकेलै
धनाढ्य पुरूष पो समायौ मजाले
!!
अमीर भै खुशीले हिडेकी छु भन्थ्यौ
गर्यौ  बैँश  बिक्री   कमायौ   मजाले
!!
चकित छन् हजारौँ विहे भो हजुरको
मिलेको  छ   जोडी   घमायौ मजाले

बहर :- मुतकारिब
सूत्र :- १२२×४
विश्राम :- ६ अक्षरमा

२०१८/०१/०३

"स्वतन्त्र गजल"

देशलाई उठाएर मैले लम्किनु  छ सधैँ
विश्वसामू नेपाल भनि चम्किनु छ सधैँ
!!
छैन तागत पाखुरीमा मूक बस्नै पर्यो
छोरा बुहारी कराउँदा दम्किनु छ सधैँ
!!
बा'आमाको सेवा रति नगरेको छोरो
भन्छ साहुको माखा हम्किनु छ सधैँ
!!
कुमाऊँ लुटिस्,टिस्टा लुटिस् छिमेकी
पख अब लुट्लास् भनी बम्किनु छ सधैँ
!!
चोखो माया गर्दा घात दिने  केटीलाई
श्रद्धांजलि भन्दै पानी छम्किनु छ सधैँ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

२०१८/०१/०४

मुक्तक

अमृत थियौ हिजो बिष बन्दी भयौ
मलाई फसाउन खाडल खन्दी भयौ
पराईको हात शिरमा के परेको थियो
प्रेमको खेलमा ठूलै  प्रतिद्वंद्वी  भयौ

२०१८/०१/०४

"मुक्तक"

जब म एकाएक बाँस झैँ फुल्ने छु अनि आनन्द हुनेछ
सुकेको पुष्प झैँ डालीमा झुल्ने छु अनि आनन्द हुनेछ
धेरै नसताऊ प्रिय तिमीले मलाई बारम्बार अब वचनले
कुनै पल मैले श्वास फेर्नै भुल्ने छु अनि  आनन्द हुनेछ

प्रकाश पाठक "योगी"

२०१८/०१/०५

"मुक्तक"

स्वदेश छोडी विदेश हुँदा म पनि बाङ्गिएकै हो
नकरात्मक विचारहरू मेरो मनमा झाङ्गिएकै हो
अरे धन देखाएर घमण्ड नगर्दा हुन्छ कसैले यहाँ
मरेर जाँदा धनाढ्य ब्याक्तिहरू पनि नाङ्गिएकै हो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

२०१८/०१/०५

गजल

बगर भन्छ भाग्यो    नदीले    सताई
शहर भन्छ हान्यो  अचानक   मलाई
!!
भयो  के   अचम्मै    धरामा    बिहानै
जहर भन्छ पल्ट्यो मनुज त्यो  नखाई
!!
अनौठों    कहानी    बताऊँ     कसोरी
रहर भन्छ भाग्छन्  खुशी ती     डराई
!!
छ   एक्लै  कुरेको   दोबाटो    कसैको
डहर भन्छ   यात्री  गयो   काँ    रमाई
!!
छदैँ - छैन   बाजा   कसोरी  म   नाच्ने
ठहर भन्छ बेकार    नसोच्नुस्   नचाई

बहर :- मुतकारिब मुसम्मन सालिम
सूत्र :- १२२/१२२/१२२/१२२
विश्राम :- ६ अक्षरमा

२०१८/०१/०६

''मुक्तक''

काँडा होईन म पुष्प पनि होईन बस्छु जरा भएर
सबैलाई बास दिने  सौन्दर्यको खानी धरा भएर
मनमा लाखौं चोट लुकाएर हाँसौला
एकान्तमा
बिरह पोखौँला एक्लै-एक्लै न्याऊली चरा भएर

प्रकाश पाठक "योगी"
भरतपुर २३जगतपुर
हाल :- चेन्नई भारत

गजल

गजल

बसेको छ माया नजर जुधाएर
मात लाग्यो हेर  अधर जुधाएर
!!
कस्ले जित्छ कस्ले हार्छ हेरौँ है
अमृत साथै यहाँ जहर जुधाएर
!!
के?प्रमाणित गर्न खोज्दैछन् क्वै
खोलानाला,नदी,सागर  जुधाएर
!!
कति रमिता हेर्दैछन्  नेताहरूले
महङ्गाईमा  महल र घर जुधाएर
!!
माया बसेको एकाएक छुटाएछन्
चिनापत्र हेराए अनि थर जुधाएर

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

Tuesday, 2 January 2018

"मुक्तक" परार कसैलाई ढाँटेर दशैं मनाईयो पोहोर काँचै धान झाँटेर दशैं मनाईयो घाँटी हेरेर हाड निल्नै पर्ने रहेछ यहाँ र त यो साल फर्सी काटेर दशैं मनाईयो "मुक्तक" बाचा कसम कता छुटे देउरालीका सम्बन्ध पलभरमै टुटे देउरालीका मैले भगवान्लाई साक्षी राख्या छु ति ढुङ्गे द्यौता कता फुटे देउरालीका "मुक्तक" तिमीलाई जून, सुन, धून के के भने भने कसैले त चिनी,मिश्री,नून के के भने भने लगाईछ्यौ मोहनी दुनियाँ सारालाई यहाँ श्वास,ढुकढुकी अनि खून के के भने भने "मुक्तक" छुटाएर मुटु अन्तै जोड्यौ औधी पीडा भो छिट्टै नाता हाम्रो तोड्यौ औधी पीडा भो सारेर मेरो मनको बागमा प्रेमको विरुवा पराईको 'मुना' ती गोड्यौ औधी पीडा भो मुक्तक बोल्नै पर्दैन बुझ्छु म, आँखा मारे पुग्छ खोल्नै पर्दैन मुख तिम्रो केश सारे पुग्छ राजी छैनौ भने कपट नगरे प्रिय तिमी घोल्नै पर्दैन जहर यहाँ आँसु झारे पुग्छ "मुक्तक" चट्याङ्ग परेझैँ हुन्छ,तिमी पर पर सर्दा आकाश झरेझैँ हुन्छ, पराइ जस्तै गर्दा आखिर के बुझेर यो मुटु थमाएँछु मैले मुटु यो सरेझैँ हुन्छ,आँसु अविरल झर्दा !! प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर हाल-चेन्नई भारत

युनिक कोड :- 87 "गजल" :- १ (१) कहिल्यै पुरा नहुने यो रहर उस्तै छ नदीको आशमा बस्ने बगर उस्तै छ (२) यसै कहाँ पाईन्छर फल सफलताको शिखरमा पुग्ने कठिन सफर उस्तै छ (३) कसैले चोट दिएको थियो बिगतमा जोड्दिन फेरी सम्बन्ध डर उस्तै छ (४) मनले चाहे चारैतिर भेटिन्छ भगवान् मैले पुज्ने मन्दिरको पत्थर उस्तै छ (५) बर्षौ बितेछन् मैले कमाउन थालेको तर पनि खरकै छानो र घर उस्तै छ "गजल" :-२ (१) बदल्नु छ अब आफ्नै बानी बदल्नुछ कूलत त्यागेर यो जिन्दगानी बदल्नुछ (२) निक्कै साधनाले एक गजल कोरेको छु उला झैँ वजनदार भएन सानी बदल्नुछ (३) जस्लाई हेरे'नि सुन्दरी देख्छ यी आँखा डाक्टर भन्छ आँखाको नानी बदल्नुछ (४) खबरदार फोहर मुक्त होस् काठमाण्डौ नत्र मजबूर हामीले राजधानी बदल्नुछ (५) गिट्टी कुट्छु,ढुङ्गा फोर्छु,गर्छु मेहनत अझै बिगतको मेरो दु:खद कहानी बदल्नुछ "गजल" :- ३ कोर्दा कोर्दै यहाँ मनको वह गीत बनेछ आफ्नै कथा थियो आज अतीत बनेछ (१) रुन्न भन्ने वाचा गरेँ म उनको समीपमा आज रुदाँ रुदै दिन काट्ने रीत बनेछ (२) बगिरह्यो अश्रुधारा आँखाबाट सदैव नै मेरो आँसु ती पापीनीलाई शीत बनेछ (३) चिप्लो थियो बाटो लड्न लागिन उनी समाई दिएँ हात अहो ठुलो हित बनेछ (४) छोडी गईन जुन दिन देखी मेरी प्रियले त्यो दिनबाट वनको न्याउली मीत बनेछ (५) घिटिघिटि अन्तिम श्वास चल्दा प्रकाशको निर्मोहीलाई जिन्दगीको ठूलो जीत बनेछ नाम :- प्रकास पाठक क्षेत्री साहित्यिक नाम :- "योगी" ठेगाना :- भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत माता :- टिका माया पाठक क्षेत्री पिता :- भिम बहादुर पाठक क्षेत्री मोबाइल नम्बर :- ८८७०९९७१९५/९९६२६४०५७५

मुक्तक ओईलिएको मात्र थियो पुष्प त्यो झर्यो भन्दै गई अब त मेरा सबै दु:खका दिनहरू टर्यो भन्दै गई कसैले दिल थमाए पछि,उसैले हात समाए पछि छामी ढुकढुकी मेरो अनि प्रकाश मर्यो भन्दै गई मुक्तक एकाएक सम्बन्ध हाम्रो टुटेकै थिए सत्रुहरूले भरपूर फाईदा लुटेकै थिए अंशवाण्ड गरेर भाइ टाढा जाँदा खेरी आँखाबाट अविरल आँसु छुटेकै थिए "मुक्तक" वास्तविकता यो हो पुष्प जगतले पुजेको छ र त उसको इज्जत शानले माथी उठेको छ धनीले गरीबलाई भुँईको हिलो ठान्छन् यहाँ सुन्नुस हिलोको महत्व त कमलले बुझेको छ "मुक्तक" यौटा झ्याउरे गीत गाएको अर्कैको भाकैमा परेछ राम्री देखेर आँखा मारे तर सिन्दूर ला'कैमा परेछ कथा सत्यनारायण पुजाको हो है त सुन्नुस हजुर अन्धकारमा पानी फालेको बुढीको नाकैमा परेछ प्रकाश पाठक "योगी" ना. न. पा. १० जगतपुर हाल-चेन्नई भारत "मुक्तक" :- १ भो नआऊ समीप, मलिन मुहार लिएर नआऊ नयनका ती अश्रुधारा,विवश भै पिएर नआऊ म हेर्न चाहन्छु शिखर चढेको, प्रगति नै गरेको आफू औंशी भै प्रकाश अरुलाई दिएर नआऊ "मुक्तक":- २ धिक्कार छ जिन्दगी भन्दै रुन्छु प्रवासमा हो दिन रात साहूको पाउ छुन्छु प्रवासमा बिरामी छन् आमा भनी फोन आउदा पनि जानै पाउदिन घर, बेहाल हुन्छु प्रवासमा! "मुक्तक":-३ कसैको पिठ्युँ पछाडी छुरा हान्ने बानी नराम्रो आफुले आफैलाई ठूलो ठान्ने बानी नराम्रो दुनियाँलाई पाठ पढाउँदै हिड्ने तिमी स्वयं आफ्नो छोडि अरूको धोती तान्ने बानी नराम्रो ''मुक्तक'' – ४ बुढा भएका आमा-बालाई वृद्धाश्रममा छोड्न थाले प्रगाढ़ ती सम्बन्धहरू, सदाको लागि तोड्न थाले संसार चिनाउने बाबा आमा अब घाँडो हुन्छ भन्छन् बुहारी त परै जावस् छोराले’नि बाटो मोड्न थाले । ''मुक्तक'' – ५ गोजी रित्तो छ भकारी खाली के आँटेर दशैं मनाऊँ पत्याउनै छोडे ऋण पनि कस्लाई ढाँटेर दशैं मनाऊँ भन्न त कति सजिलै भन्यौ धुमधामले दशैं मनाउनु माछा-मासु भागमा छैन सब्जी के काटेर दशैं मनाऊँ l ''मुक्तक'' –६ भन न दाइ मनपरेकी केटी फकाउने कसरी हो मनभित्रका कुरा सिधै गएर बताउने कसरी हो जब देखें उसको तस्वीर आँखामा नै बसेको छ संधै आईरहने उनको यादहरु हटाउने कसरी हो l प्रकाश पाठक "योगी" नारायणि नगरपालिका १० चितवन जगतपुर हाल :- चेन्नई भारत

[ प्रतियोगि मुक्तक ] ''मुक्तक'' :- १ बुढा भएका आमा-बालाई वृद्धाश्रममा छोड्न थाले प्रगाढ़ ती सम्बन्धहरू, सदाको लागि तोड्न थाले संसार चिनाउने बाबा आमा अब घाँडो हुन्छ भन्छन् बुहारी त परै जावस् छोराले’नि बाटो मोड्न थाले "मुक्तक":- २ धिक्कार छ जिन्दगी भन्दै रुन्छु परदेशमा हो दिन रात साहुको पाउ छुन्छु परदेशमा बिरामी छन् आमा भनी फोन आउदा पनि जानै पाउदिन म घर बेहाल हुन्छु परदेशमा माता:- टिका माया पाठक पिता :- भिम बहादुर पाठक नाम :- प्रकाश पाठक "योगी" ठेगाना :- भरतपुर २३ जगतपुर, गौचरन हाल :- दक्षिण भारत चेन्नई मो.न :- ९९६२६४०५७५

▶"नेपाली साहित्य मन्दिरको घण्टी"◀ केहि मैना अगाडी नेपाली साहित्यकै बारेमा लेख्न मन लागेको थियो र केहि लेखेको थिएँ भने आज पनि केही लेल्न मन लाग्यो । नेपाली साहित्यलाई हेर्ने हो भने चारैतिर भयावह छ, साहित्यको उर्लिदो बर्षे भेल नै बनेर आएको छ भन्दा पनि फरक नपर्ला । नेपाली साहित्यमा अचानक यस्तो आँधी आउनुको कारण के हो त? कुरा भने गम्भीर नै छ ।सामाजिक संञ्जाल फेसबुकको आँकड़ा सरासर हेर्ने हो भने नेपाली साहित्यमा कलम चलाउनेहरु अन्दाज ९०% नै होलान जस्तो लाग्छ । कोही मुक्तक त कोही गजल बिधामा बढि कलम चलाएको भेटिन्छ । यसरी नेपाली दाजुभाइ/दिदीबहिनीहरूले साहित्य बिधालाई माया गर्नु नेपाली साहित्यिकारहरुको लागि खुशीको कुरा बनेको छ । नेपाली साहित्यमा अचानक बाढी आउनुको मुख्य कारण के हो त? के पाठक वर्गहरूले माया गरेर हो त? कि सामाजिक संञ्जालमा चर्चा पाउन अथवा स्टाटसको रुपमा राखेर समय ब्यातित गर्न? म अन्यौलमा छु । हुन त म कुनै साहित्यिकार होईन एउटा कुशल पाठक हुँ र साहित्यलाई माया गर्छु अनि केहि बिधाहरूमा कलम चलाउँछु ।यसैक्रममा साहित्य सम्बधि मनमा उठेको प्रश्नको उत्तर खोज्ने क्रममा कैंयौ यस्ता प्रश्न उठे त्यसको जवाफ कतै चित्त बुझ्दो भेटिन । गजल एउटा बिवादित बिधा हो भनेर सुन्दै आएँको थिएँ यसैमा एउटा प्रश्न उत्पन्न भयो :- आखिर किन बिवादित बिषय बन्न गयो त गजल? कहां चित्त बुझेन कस्लाई र बिवादित बन्न पुग्यो?मेरो मनमा पनि गजलको बारेमा थोरै गुनासो थियो र हिजो स्टाटस पनि राखेको थिएँ तर उचित जवाफ पाउन सकिन ।कुरा गजलमा #तकाबुल ए रदीफ़ दोष बारेमा थियो! कतिपय गजलकारहरूले भने तकाबुल दोष भनेर मान्दिन भन्नु भयो त कतिपयले भन्नु भयो तकाबुल दोष गजलमा नलेखौ यस्तो स्थितिमा गजलमा बामे सर्दै गरेको सिकारू मित्रलाई कस्तो असर पर्ला त कुरो गम्भीर नै छ ।। "तकाबुले रदीफ दोष" -------------------- मतला बाहेकका अन्य शेर हरूमा मिसरा ए उलाको अन्तमा मिसरा ए सानीको रदीफ पुरै दोहोरिएमा अथवा अन्तिम अक्षर अनुप्रास मिल्ने भएमा तकाबुले रदिफ दोष हुन जान्छ । यस्तो दोष दुई प्रकारको हुन्छन । १)पुरै रदिफ नै मिसरा ए उलामा दोहोरिएको अबस्थामा हुन जाने तकाबुले दोषलाई "लाज्तमा-ए-तकाबुल-ए-रदिफैन" भनिन्छ । २) मिसरा ए उलाको अन्तिम अक्षर र रदीफको अन्तिम अक्षर दोहोरिन गएमा अथवा उलाको अन्तिम अक्षर को स्वर रदीफको स्वरान्त संग मेल खाएमा हुन जाने तकाबुले दोषलाई "लाज्तमा-ए-जुज्ब-ए-रदीफैन" भनिन्छ । उदाहरणको लागि लेखिएको तलको गजलमा हेरौं। जलेको थियो मन खरानी भएछ अहो क्या गजबको निशानी भएछ बुझें प्राण आफ्नो बिरानो (भएछ) = #दोष_१ त्यसैले जहर जिन्दगानी भएछ रुने गर्छु राती म तारा गने(र) = #दोष_२ यसैमा म रम्दै छु बानी भएछ उसैले अझै चोट मनमा दिँदै(छ) = #दोष_२ भुलौं भुल्न गाह्रो कहानी भएछ ----------------------------------------- काफिया- खरानी कहानी जिन्दगानी बानी निशानी रदिफ- भएछ ----------------------------------------- -दोस्रो शेरमा रदिफ पुरै दोहोरिएको छ त्यसैले यो तकाबुले रदीफ दोष भयो। -तेस्रो शेरमा उलाको अन्तिम वर्ण रदिफको अन्तिम वर्ण संग समतुकान्त भयो त्यसैले यो तकाबुले रदीफ दोष भयो। -चौथो शेरमा उलाको अन्तिम वर्ण र रदिफको अन्तिम वर्ण उही दोहोरिएको छ। यो पनि तकाबुले रदीफ दोष भयो। *नोट:- यो तकाबुले रदीफ दोष बहरे गजलमा मात्र नभएर गैर बहरे गजलमा पनि हुन जान्छ । कुरा सामान्य छ ध्यानमा राख्न सकियो भने आफ्नो गजल दोष मुक्त बनाउन सकिन्छ । यसरी तकाबुल रदीफ दोष भनेर नियम बनाएको भेटियो यदि यो नियम छ भने कतिपय गजलकारहरूले तकाबुल ए रदीफ दोष मान्दिन भन्नु हुन्छ किन मान्नु हुन्न त तकाबुल दोष ? जताततै चर्चा परिचर्चा मात्र छ तर ठोस कुरा कतैबाट आएन न त अग्रजहरू नै बोल्नु हुन्छ न त अरुजहरूनै बोल्नु हुन्छ गजलको बारेमा । नेपाली साहित्यमा अग्रज अरुजहरूनै मौन हुनाले नेपाली साहित्य एक "मन्दिर बाहिरको घण्टी"बन्न पुगेको देखियो जो आयो बजायो गयो जस्ले पनि साहित्यको नाममा केही कोर्यो चाहे भावाना कोरेर गजल भनोस चाहे मुक्तक कोरेर कविता यहाँ कसैलाई चासो छैन् बजाउनेले बजाउदै छ सुन्नेले सुन्दै छ तर कुन रुपको बजाईं हो कसैलाई चासो भएन यसै कारणले गर्दा नेपाली साहित्यमा ठुलो भेल आउन पुग्यो । के नेपाली साहित्य यति धेरै सस्तो हुनु ठिक हो? यस्को कुनै दायरा छैन्? आखिर किन "नेपाली साहित्य मन्दिरको घण्टी" बन्न पुग्यो त? यसको जवाफ कस्ले दिने? म मेरो नजर भन्दै छु :- नेपाली साहित्य र मन्दिरको घण्टी एउटै लाग्न थाल्यो नबजाऊँ भने बजाऊँन मन लाग्ने बजाऊँ भने बेअर्थमा के बझाऊँ अन्योलता मात्र । साहित्यमा यस्तै बिवाद र अन्योलता रहने र साहित्यको बिवादको कुनै ठोस निचोड़ ननिकाल्ने हो भने भाविका पिडीहरुले साहित्यबाट के सिक्लान् र के गर्लान साथै साहित्यले कुन मोड लेला त? सोच्न बाध्य गराउँछ! यदि साहित्यको यस्तो स-साना कुराहरूलाई ध्यान दिएन भने पक्कै पनि विकराल रुप नलेला भन्न सकिदैन् ।कहिले काफीया, कहिले रदीफ़ त कहिले तकाबुल ए रदीफ़ दोष यसरीनै बिवादको बिषय बन्दै जाने हो भने नेपाली साहित्यले विकास गरेको र फड्को मारेको साथै उर्लदो रूप भनेर भने पनि चिन्ताको बिषय चै पक्कै हो ! सरासर हेर्दा नेपाली साहित्यका अग्रजहरु अरुजहरू यस्तो बिवाद आउदा पनि चुपचाप आगो तापेर बसेको देख्दा निक्कै चिन्ताको बिषय बनेको छ र मनमा एउटै प्रश्न चलिरहेको छ कतै नेपाली साहित्यमा पनि राजनीति त छैन्?? जय नेपाली साहित्य !! धन्यवाद

"स्वतंत्र गजल" १ आखिर देह छोडी खास जादैन कतै मानिसहरूको यो श्वास जादैन कतै !! हिजो सम्म रमाएर दौडिरहन्थ्यो हेर मरे पछि किन होला लाश जादैन कतै !! काम धन्दा केहि छैन खाली घर बस्छ बा'ले भन्छन् यो बदमाश जादैन कतै !! किन डराएकी तिमी? ढुक्क हुनु अब मेरो दिल भयो तिम्रो दास जादैन कतै !! विश्वास छ वा छैन अन्जान छु म तर राख "योगीलाई"आशपास जादैन कतै !! "श्रृगारीक" गजल _२ बोल्दा-बोल्दै सत्य कुरा चाँही लुकाएर मरी यस्सो मलाई हेरी अनि आँखा झुकाएर मरी !! बन्द कोठा केवल हामी दुई मात्र थियौं त्यहाँ मेरै अगाडी चोलीको तुनाहरू फुकाएर मरी !! चिड्चिड भयो शरीर,छुट्न थाले है पसीना खुल्ला त्यो वदन देखाएर चुक-चुकाएर मरी !! अहो ! त्यो दृश्य म वर्णन गरौं कसरी हजुर नौजालेले मेरो ओठ मुख पुरै सुकाएर मरी !! न समीप बस्छे, न मलाई अंगालोमा नै कस्छे कसम यहाँ बिरालोले दूध ढुके झैँ ढुकाएर मरी "स्वतंत्र गजल"-३ सुत्केरी छिन् श्रीमती ज्वानो झान्नु छ हजार रुपैयाले घर खर्च सबै धान्नु छ !! रातो भाले काट्कुट,आजै पार्छु मैले श्रीमतीलाई झोल मैले चौटा छान्नु छ !! बाल्छु आगो,तताउँछु तेल पख छोरा लगाइ तेल हातगोडा तनक्क तान्नु छ !! लाग्छन अरे भुत पिचास बच्चालाई धामी दाइको कुरा जति सबै मान्नु छ !! हिजो बाँजी आईमाइ होस भन्नेलाई सुन बूढी आज त झापड हान्नु छ प्रकाश पाठक "योगी"

"स्वतन्त्र गजल" मन्द-मन्द मुस्कान छर्दै आयौ दङ्ग परेँ म बिस्तारै मै तिर नै सर्दै आयौ दङ्ग परेँ म !! कोशेली के ल्याइछौ र मङ्ग छ बसाएको सुरा त्यो गिलासमा भर्दै आयौ दङ्ग परेँ म !! केही भएको छैन मलाई भन्दा पनि मैले हरेक अँगहरू जाँच गर्दै आयौ दङ्ग परेँ म !! एकाएक उतार्यौ मेरा शरीरका सबै वस्त्र सबै अँगको इज्जत हर्दै आयौ दङ्ग परेँ म !! चुपचाप म बस्नु रैछ तर बढी बोलेछु मैले र त परैबाट आँखा तर्दै आयौ दङ्ग परेँ म ▶प्रकाश पाठक "योगी"◀ ▶भरतपुर २३ जगतपुर ◀ ▶हाल :- चेन्नई भारत ◀

गजल प्रेमिको लागि !!✓Like ✓Share ✓Comment✓ गजलको बिस्तृत बयान सिद्दान्त :: गजललाई अंग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा ग़जल, उर्दू भाषामा غزل भनिन्छ। गजल भनेको प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता हो। गजल भनेको प्राय ५ देखि ११ शेरहरू हुने उर्दु र फारसी कविताको एक प्रकार हो। यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ। पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ। गजलको संग्रहलाई दीवान भनिन्छ। गजल भनेको प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ। गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाईर् कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने काव्यिक विधा हो। गजलको शेरमा गीत र कवितामा जस्तो कपोलकल्पना गरिँदैन। यसमा सत्य अभिव्यक्ति मात्र गरिन्छ। गजल भनेको रदिफ + काफिया + बहर (अर्को नामहरू: बह्र, मीटर, लय, या मात्रिक-क्रम) हो। गजल, गीत र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ। नेपाली गजलको इतिहास नेपाली गजलको इतिहास यस प्रकार छ। वि.सं. १९४१–२००२ विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए। वि.सं.२००३–२०३५ मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए। भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग,राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन्। यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन। वि.सं.२०३६–२०५० वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ। ललिजन रावल – केही गजलहरू (२०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), धर्मागत शर्मा ‘तुफान’–तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ। वि.सं. २०५० – हालसम्म गजलकारहरू मनु ब्राजाकी, डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन्। यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा घनश्याम न्यौपाने ‘परिश्रमी’ – ‘यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०), मनु ब्राजाकी– गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४),बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४), वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२), राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२), श्रेष्ठ प्रिया ‘पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०), कृष्ण पौडेल ‘बी’ – नानी हजुरको (२०६१), कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८), मुन पौडेल – गजलोत्सव (२०५३), गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४). भीम विराग – भीम विरागका गीत गजल (२०५७) रासा –रात निदाएको रातमा (२०५८), माधव वियोगी –गुम्सिएका भावहरू (२०५८), ऋचा लुइँटेल – बाँसुरीका धुनहरू: (२०५८), पुष्पलता कलमका डोवहरू,- सन्तोश काफ्ले "स्पन्दन" ,२०६४-स्पन्दन, (२०६१ (बराल,२०६४, पृ.२१६–२६८) रहेका छन्। गजलको प्रकार गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ। 1. विषयवस्तुको आधारमा 2. रदीफको आधारमा विषयवस्तुको आधारमा:- विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन्। मुसलसल गजल:- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्, त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ। गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ। रदीफको आधारमा:- यस आधारमा पनि गजल दुई किसिमका हुन्छन्। मुरद्दफ गजल : जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ। गैरमुरद्दफ गजल : जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ। गजलको संरचना गीत, गजल र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ। 1. मिसरा गजलको हरफलाई मिसरा भनिन्छ। 2. शेर गजलका प्रत्येक दुई मिसरालाई शेर भनिन्छ। हरेक शेर आफैमा एउटा स्वतन्त्र कविता हुन्छ। शेरको माथिल्लो मिसरालाई मिसरा-ए-उला र तल्लो मिसरालाई मिसरा-ए-सानी भनिन्छ। उलाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ। (उला + सानी = शेर) मिठो प्यार पाएँ [मिसरा-ए-उला] काखमा रमाएँ। [मिसरा-ए-सानी] - गोर्खे साइँलो शाहे वैत गजलको सबैभन्दा राम्रो शेरलाई "शाहे वैत" वा "बैत-उल-ग़जल" वा "हुस्न-ए-ग़जल" भनिन्छ। शेरको प्रकार शेरको विषयवस्तुको आधारमा, शेरलाई २ भागमा बाँढिएको छ। 1. मुसलसल गजल:- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्। 2. गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन्। मतला गजलको पहिलो दुर्इ हरफलाई मतला भनिन्छ। मतलाको आधारमा रदिफ, काफिया र बहर छुट्याईन्छ। र, यस्को पालना पुरै गजलमा गरिन्छ। यसका दुईटै मिसरामा काफिया र रदीफ हुन्छ। या रदीफविहीन गजल हो भने दुईटै मिसरामा काफियाको मात्र प्रयोग भएको हुन्छ। हुस्ने मतला वा मतला-ए-सानी यदि कुनै गजलमा दुईटा मतला देखिएको छ भने तल्लोलाई हुस्ने मतला वा मतला-ए-सानी भनिन्छ। काफिया स्वर समता र तुकबन्दीयुक्त अनुप्रासिक शब्दलाई काफिया भनिन्छ। यो मत्लाको दुवै मिसरामा र बाँकी शेरहरूको तल्लो मिसरामा रदीफको अगाडि वा रदीफविहीन गजलमा अन्तिममा प्रयोग हुने गर्दछ। पूर्ण काफिया पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि। आंशिक वा शब्दांश काफिया शब्दका अन्तिमका केही अक्षरहरू काफियाको रूपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ। जस्तैः कहानी, सिरानी, निशानी, जवानी, जिन्दगानी, तानी आदिमा आनी आंशिक वा शब्दांश काफिया हुन्छ। [कहानी = क + ह + आ + नी, सिरानी = सि + र + आ + नी, जवानी = ज + व + आ ‌+ नी, तानी = त + आ + नी] हम काफिया काफियाको साथमा जोडिएर आउने शव्दलाइ “हम काफिया” भनिन्छ। उदाहरण: फुल सारें सुन्दर वगैचा वनाउने तर्खरमा । त्यहिं आफ्नो मनको भारी विसाउने तर्खरमा ।। लालीगुरांस फुल्यो वनमा वसन्तले रङ्ग पायो मन उड्यो उनको चुल्ठो सजाउने तर्खरमा ।। आज किन वहे कुन्नि आंशु मेरा भलभली कोही आउछकी आश वोकें संझाउने तर्खरमा ।। ख्याली सेलो झ्याउरे भाका नराम्रो त किन लाग्थ्यो प्यारी आईन् जोर मादल घन्काउने तर्खरमा ।। एकैपटक भएपनि उनले हांसिदिदा खेरी ‘सावन’ लाग्यो जवानीलाई रङ्गाउने तर्खरमा ।। Copy Right - eskhalitsaavan@gmail.com. “वनाउने” र “विसाउने” व + न + आ + उ + ने, वि + स + आ + उ + ने “आउने” शव्दलाई "आंशिक काफिया" भनिन्छ भने “वन्” र “विस्” हम काफिया हुन्छन्। एक अक्षरे काफिया शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रूपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षरे काफिया भनिन्छ जस्तैः कथा, सदा, मजा, गला, आदि त्यस्तै हो, त्यो, रातो, कालो, आदि। रदीफ काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ। रदीफचाहिँ गजलको अपरिहार्यताभित्र पर्दैन। यो प्रायः एक शब्ददेखि तीन शब्दसम्म भएको हुन्छ। हमरदीफ कुनै कुनै गजलमा भएका दोहोरिएका रदीफहरूलाई हमरदीफ भन्ने चलन छ। जस्तै: सुकेपछि मनको घाउको, खाटो अलि अलि। याद आयो तिम्रो घरको, बाटो अलि अलि। - करुण थापा माथिका 'अलि अलि'मा दोहोरिएका रदीफ छन् तिनलाई नै हमरदीफ भनिन्छ। एकल रदीफ शेरमा एक शब्द प्रयोग भएको रदीफलाई एकल रदीफ भनिन्छ। बहुल रदीफ शेरमा एकभन्दा बढी शब्दहरू प्रयोग भएमा "बहुल रदीफ" भनिन्छ। मक्ता गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ। तखल्लुस मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन्। यस्तो उपनामलाई तखल्लुस भनिन्छ। तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन। इ सानै उमेर्देखि मन हर्न लागे [मतलाको मिसरा-ए-उला] यिनै सुन्दरीले जुलुम् गर्न लागे। [मतलाको मिसरा-ए-सानी] कहाँ सम्म आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे। अघि पर्न सक्दीन मैले हरिका [मक्ताको मिसरा-ए-उला] नजर्देखि "मोती" पनि र्झन लागे। [मक्ताको मिसरा-ए-सानी] [तखल्लुस "मोती"] - मोतिराम भट्ट बहर कुनै नियममा बाँधिएका शेरहरूको "वजन"लाई बह्र वा बहर भनिन्छ। नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ। संस्कृत काव्य परम्परामा छन्द भने झैं फारसी गजल परम्परामा "बहर" भनिन्छ। यसले गजलको लयअनुसानलाई निर्धारण गरेको हुन्छ। केही "पिङ्गला छन्द"हरू शास्त्रीय बहर सँग मिल्न जान्छन। त्यसैले पनि पिङ्गला छन्दको राम्रो ज्ञान भएकालाई शास्त्रीय बहरमा गजल सिर्जना गर्न सहयोग मिलेको देखिन्छ। [४] संस्कृत छन्दलाई यहाँ हेर्नु होला: छन्द वजनलाई यहाँ हेर्नु होला: तक्तिअ उदाहरण: Copy Rights: http://pallawa.com.np मुरब्बा मक्बूज (छन्द प्रमाणिका) सूत्र:।ऽ।ऽ।ऽ।ऽ, (१२ १२ १२ १२) (एक अक्षरे काफिया, हुश्ने मतला) कथा भयो कसो गरूँ ? ब्यथा भयो कसो गरूँ ? कुरा भयो कसो गरूँ ? छुरा भयो कसो गरूँ ? कता कता कतै कतै नशा भयो कसो गरूँ ? खुशी थियो झिनो झिनो दशा भयो कसो गरूँ ? यहां: एउटा मात्रै काफिया भएकोले "एकल काफिया", र एक अक्षर मात्रै काफिया भएकोले "एक अक्षरे काफिया"। कथा = क+थ+आ, ब्यथा = ब्य+थ+आ, कुरा = कु+र+आ, छुरा = छु+र+आ आदी। ३ वटा रदिफ "भयो कसो गरूँ" भएकोले "बहुल रदिफ / धेरै रदिफ"। मात्रा गणना: क(१)था(२) भ(१)यो(२) क(१)सो(२) ग(१)रूँ(२) = १२ मात्रा (वजन) [पहिलो शेरको पहिलो हरफ] ब्य(१)था(२) भ(१)यो(२) क(१)सो(२) ग(१)रूँ(२) = १२ मात्रा (वजन) [पहिलो शेरको दोस्रो हरफ] (*"ब्यथा"को "ब्य" लाई (१) मान्ने गजलकारहरूबाट सर्व सहमत।) एउटा शेर, २४ मात्रा (वजन)। मिटर: अंग्रेजी मिटर: (daDUM, daDUM, daDUM, daDUM) x २ नेपाली मिटर: (लघुगुरू, लघुगुरू, लघुगुरू, लघुगुरू) x २ केहि बहर वा छन्दको प्रकार मतलाको आधारमा बहर छुट्याईन्छ। बहर भनेको छन्द हो र, छन्द भनेको लय हो। बहर (बह्र)को आधार भनेको "अरकान" ("रुक्न "को बहुवचन) हो। अरकान भनेको मात्रिक क्रमको समूह हो। गजलको शास्त्रिय मान्यता भनेको, कुनै न कुनै छन्दमा बाँधिनु हो। संस्कृत छन्दमा अनेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरू भए झै इस्लामिक काव्यशास्त्रमा वर्णमात्रामा आधारित अनेक इस्लामिक शास्त्रिय बहरहरू छन्। छन्द वा बहरका केही प्रकार र उदाहरणहरू: संस्कृत छन्द (पिङ्गल): अनुष्टुप छन्द, विद्युन्माला छन्द, इन्द्रवज्रा छन्द, उपेन्द्रवज्रा छन्द आदि। इस्लामिक बहर: मुफरद बहर, मुरक्कब बहर, मुजाहिफ बहर आदि। नेपाली छन्द: सवाई, लोक छन्द आदि। नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्। नेपाली बहरको लागि तल हेर्नु होला। तर जुल गजल अक्षरको एकरूपता पनि नमिलेको र शास्त्रीय बहर पनि नमिलेको तर भावका दृस्टीले चोटिला गजल। नेपाली बहर केवल आक्षेरिक एकरूपतालाई आधार मानी लेखिने बहरलाई नेपाली बहर भनिन्छ। मिसरामा प्राय घटीमा ६ र बढीमा २० अक्षरहरू हुन्छन। नेपाली बहरमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन। उदाहरण: ६ अक्षर:- मिठो प्यार पाएँ [मि-ठो प्या-र पा-एँ = ६] काखमा रमाएँ। [का-ख-मा र-मा-एँ = ६] - गोर्खे साइँलो ७ अक्षर:- प्यासमा पानी पायौ [प्या-स-मा पा-नी पा-यौ = ७] साथमा माया लायौ। [सा-थ-मा मा-या ला-यौ = ७] - गोर्खे साइँलो १६ अक्षर:- समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी [स-मे-ना-मा बो-की ल्या-यौ भ-एँ प्या-रा घर-की रा-नी = १६] तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी। [ति-मी हुँ-दा ता-तो प्या-ला भ-एँ आ-फैँ पा-नी पा-नी = १६] - गोर्खे साइँलो[ नेपाली लोक छन्द नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्। नेपाली लोक छन्दमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन जस्तै: सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान [सानो ‍छ = ३, खेत = २, सानो छ = ३, बारी = २, सानै छ = ३ जहान = ३] = १६ [नगरी = ३, काम = २, पुग्दैन = ३, खान = २, साँझ र = ३ बिहान = ३] = १६ केहि नेपाली लोक छन्दहरू: असारे – झ्याउरे (३+२+३+२+३+३=१६): सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान सवाई (४+४+४+२ =१४) समय यो बगिर'न्छ नदी बगे जस्तै मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै सेलो(२+२+३=७) पैले बाज्या पालामा रूप्या गन्थे डालामा मारूनी (४+३+३ = १०) मेरो माया आउँछौ कि भनेर भीरको बाटो सम्मै छ खनेर बालौरी (४+२ = ६ वा ४+३=७) ताराबाजी लै लै मामा आए घोडा सानी सानी छोरी छ काली ह्वैन गोरी छ घाँसे (काठे भाका) (१८ देखि २१ अक्षर) आजै र म त घाँस काट्न गएँ टिकी त खस्यो पातमा बैरागी ज्यानको मन बुझाई दिने कोही छन् कि साथमा, झ्याउरे ( १९ देखि २० अक्षर ) गाइने दाइ आएर गाए सबैलाई धुरुरु रुवाए बीस हुन्छ अक्षर भन्दै झ्याउरेमा सँसारै अटाए, मात्रिक बहर अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा मात्रा बराबर हुन्छ। र, लघु गुरूको क्रम समान हुँदैन। संस्कृत मात्रिक छन्दए हेर्ने भए यहां: मात्रिक छन्द उदाहरण: लघु मात्रालाई १ गनिन्छ। गुरू ‍मात्रालाई २ गनिन्छ। १ मात्रा हुने (लघु) अ, इ, उ, ऋ क, कि, कु, कृ अँ, हँ (चन्द्र बिन्दु हुने वर्ण) जस्तै: अँसुवर त्य (संयुक्त व्यंजन हुने वर्ण)। जस्तै: नित्य २ मात्रा हुने (गुरू) आ, ई, ऊ, ए, ऐ, ओ, औ का, की, कू, के, कै, को, कौ अनुस्वार वा विसर्ग हुने वर्ण: इं, विं, तः, धः जस्तै: इंदु, बिंदु, अतः, अधः आदि संयुक्ताक्षरको अगाडिको वर्ण: जस्तै: अग्रको अ, वक्रको व हलन्त वर्णको पहिलो वर्ण: जस्तै: राजन्को ज उदाहरण १७ मात्राको मिसरा:- सिरानी यो हातमा निदाऊ - [उदाहरण: १२२ + २ + २१२ + १२२ = १७] आउ मेरो साथमा निदाऊ। - [उदाहरण: २२ + १२ + २१२ + १२२ = १७] - गोर्खे साइँलो २४ मात्राको मिसरा:- जागरुकताको दियो बालेर आए हुन्छ - [उदाहरण: २१२१२२ ‌+ १२ + २११ + २१ + २२ = २४] सँगै लाने अधिकार पालेर आए हुन्छ। - [उदाहरण: २२ + २१ + १२२१ + २११ + २१ + २२ = २४] - गोर्खे साइँलो यहां उदाहरणमा मात्रा के हो बुझाउनलाई, सजिलो तरिकाले मात्रा गणना गरिएको छ। फारसी बहर बहरको नाम लिनु पर्दा सर्वप्रथम त उर्दू-फारसीमा बहर भनिने शब्द नै नेपालीमा प्रचलित पिङ्गल छन्द नै हो, संस्कृत छन्द नै हो। केही पिङ्गला छन्दहरू शास्त्रीय बहर सँग मिल्न जान्छन। रुक्न रुक्न भनेको गण हो। उर्दू भाषाको लेखाइ अनुसार रुक्नचाहिँ १ अक्षरेदेखि ७ अक्षरेसम्म प्रयोग भएर बन्ने गर्दछन्। रुक्नहरू भनेको पिङ्गल छन्दको लघुलाई । भने जस्तै १ र पिङ्गल छन्दको दीर्घलाई ऽ भने जस्तै २ लेखिन्छ। रुक्न को बहुवचनलाई अरकान भनिन्छ।[६] अर्कान रुक्‍नको बहुवचनलाई अर्कान भनिन्छ [६]। तिनै अर्कानहरूलाई नै टुक्र्याएर आलग-अलग रुक्नको निर्माण गरिन्छ र त्यसलाई जिहाफत भन्दछन्। जिहाफ भनेको मात्रा घटनु हो र जिहाफत भनेको मात्रा घटाउने प्रक्रिया। अर्कानको प्रकार "लघु (१)" र "गुरू (२)" मात्राहरूको आधारमा अर्कानहरूलाई "७ मात्रा" र "५ मात्रा" भएको, २ भागमा विभाजन गरिएको छ: सबाई अर्कान: जस्को अर्कानमा ७ मात्रा हुन्छ। खामसी अर्कान: जस्को अर्कानमा ५ मात्रा हुन्छ। सबाई अर्कान: निम्न अनुसारको "लघु (१)" र "गुरू (२)" अक्षरहरूले बनेर, ७ मात्रिक वजन भएको अर्कानलाई सबाई अर्कान भनिन्छ। यो ६ ओटा छ। फाइलातुन् २१२२ बराबर ७ मात्रा मुस्तफ्इलुन् २२१२ बराबर ७ मात्रा मफाईलुन् १२२२ बराबर ७ मात्रा मुतफाइलुन् ११२१२ बराबर ७ मात्रा मफाइलतुन् १२११२ बराबर ७ मात्रा मफ्ऊलात २२२१ बराबर ७ मात्रा खमासी अर्कान: निम्न अनुसारको "लघु (१)" र "गुरू (२)" अक्षरहरूले बनेर, ५ मात्रिक वजन भएको अर्कानलाई खमासी अर्कान भनिन्छ। यो २ ओटा छ:[६] फऊलुन् १२२ बराबर ५ मात्रा फाइलुन् २१२ बराबर ५ मात्रा अर्कानहरूको तालिका रुक्न/अरकान मात्रिक वजन रुक्न नाम मात्रा क्रम मूल रुक्न/अरकान ७ फायलातुन् २१२२ मूल रुक्न/अरकान ७ मुस्तफ्यलुन् २२१२ मूल रुक्न/अरकान ७ मफाईलुन् १२२२ मूल रुक्न/अरकान ७ मुतफायलुन् ११२१२ मूल रुक्न/अरकान ७ मफायलतुन् १२११२ मूल रुक्न/अरकान ७ मफ्ऊलात २२२१ खमासी रुक्न/अरकान ५ फऊलुन् १२२ खमासी रुक्न/अरकान ५ फायलुन् २१२ मुफरदको तालिका मुफरदको अर्थ: जस्को सालिममा एउटै प्रकारको रुक्‍न हुन्छ र रुक्‍न के हुन्छ तय भएको। जस्तै: मुस्‍तफएलुनले मात्रै बनेको छ भने रजज, मुफाईलुनले मात्रै बनेको छ भने हजज, फाएलातुनले मात्रै बनेको छ भने रमल आदी। क्रमांक नाम प्रकार रुक्‍न वजन १ रजज मुफरद मुस्‍तफएलुन २२१२ २ हजज मुफरद मुफाईलुन १२२२ ३ रमल मुफरद फाएलातुन २१२२ ४ मुतका़रिब मुफरद फऊलुन १२२ ५ मुतदारिक मुफरद फाएलुन २१२ ६ कामिल मुफरद मुतफाएलुन २२१२ ७ वाफर मुफरद मुफाएलतुन १२११२ नियम: 1. मुसमन: गजलको एउटा मिसरामा एउटै वा फरक-फरक गरी बनेका जम्मा ४ अर्कानहरू छन् भने त्यसलाई मुसम्मन् भनिन्छ। 2. मुसद्दस: त्यसैगरी एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा ३ अर्कान छन् भने त्यसलाई मुसद्दस् भनिन्छ। 3. मुरब्बा: कुनै पनि एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा २ अर्कान छन् भने त्यसलाई मुरब्बा भनिन्छ भने फरक-फरक अर्कानबाट बनेको मुरब्बा बहरको नामकरण भएको देखिन्न। 4. मुसना: एउटा मिसरा सिर्फ १ रुक्‍नले मात्र बनेको छ भने मुसना भनिन्छ। तर, यो सिर्फ सिद्धान्तमा मात्रै सिमित छ र, व्‍यवहारमा कम भेटिन्छ। 5. सालिम: एउटा मिसरा पूर्ण रूपले १ प्रकारकै अर्कानहरूले बनिएको छ भने त्यसलाई सालीम भनिन्छ। सालिम शब्‍दको अर्थ हुन्छ समग्र[६] 6. मुदाइफ: दुई गुना गर्नुलाई मुदाइफ भनिन्छ। फारसी बहरको प्रकार गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:[१६] मुफरद बहर (मूल बहर): जस्को सालिममा एउटै प्रकारको रुक्‍न हुन्छ र रुक्‍न के हुन्छ तय भएको। जस्तै: मुस्‍तफएलुनले मात्रै बनेको छ भने रजज, मुफाईलुनले मात्रै बनेको छ भने हजज, फाएलातुनले मात्रै बनेको छ भने रमल आदी। मुरक्कब बहर (मिश्रित बहर) मुजाहिब बहर (परिवर्तित बहर) फारसी बहरको नामाकरण उदाहरण: यदि कुनै बहरमा फाएलातुन-फाएलातुन-फाएलातुन-फाएलातुन (२१२२ x ४) छ भने: माथी तालिका र नियम हेर्नु होला। मुफरद फाएलातुन भएकोले नाम रमल। ४ वटा रुक्‍न भएकोले मुसमन। ४ वटै रुक्न, एउटै फाएलातुन रुक्नले बनेकोले सालिम। त्यसैले बहरको नाम हुन्छ बहरे रमल मुसमन सालिम। त्यस्तै: फाएलातुन-फाएलातुन ( मुरब्‍बा सालिम - २ रुक्‍न ), फाएलातुन-फाएलातुन-फाएलातुन ( मुसद्दस सालिम - ३ रुक्‍न), फाएलातुन-फाएलातुन-फाएलातुन-फाएलातुन ( मुसमन सालिम - ४ रुक्‍न )। गजलका गुण र दोषहरू गजलका केही गुण र दोषहरू यस प्रकार छन्। स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुन पर्दछ। गजलमा अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरू प्रयोग गर्न हुँदैन। पौढता: गजलका शेरहरू विचार र भावले परिपक्क हुनु पर्दछ। अर्थपूर्णताः गजलका शेरहरू अर्थपूर्ण हुनु पर्दछ। अन्योन्याश्रिता: गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ। गेयात्मकता: गेयता गजलको पहिलो सर्त हो। व्याख्यात्मकता: गजल थोरैमा धेरै भनिने विधा हो। गजलका शेरहरूमाका थोरै भन्दा थोरै शब्दहरूले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ। सरलता: गजलका शेरहरू सरल र सहजबोध्य हुनु पर्छ। पुर्णता: गजलका शेरहरू अपूर्ण हुनु हुँदैन। भन्न खोजेको कुरा पूर्ण हुनु पर्दछ। ब्याकरण दोष: गजलको शेरमा प्रयोग हुने शब्दहरूलाई व्याकरण विरुद्ध तोडमोड गरिनु हुन्न। अश्लीलता दोष: गजलको शेरमा असभ्य, अश्लील, नग्नतापूर्ण, कामुक, गुप्ताङ्ग शब्दहरूको प्रयोग गर्नु हुँदैन। विक्षेप दोष: गजलको शेरमा आवश्यक भन्दा बढी शब्दहरू प्रयोग भएमा वा शब्दको अभाव महशुस भएमा विक्षेप नामको दोष उत्पन्न हुन्छ। जटिल शब्द: गजलका शेरहरूमा कोमल शब्दहरूको प्रयोग हुनुपर्दछ श्रुतिकटु र अर्थका दृष्टिले समेत जटिल शब्दहरूको प्रयोग गर्नु हुँदैन। साथै अनादरवाची शब्दहरूको पनि प्रयोग गर्नु हुँदैन। (कपि )

"गजल" अचानो झैँ भयो मुटु चोट सहन्छ बारम्बार लुकाएर पीडा बनेर आँसु बहन्छ बारम्बार !! न देख्न सक्छ दुखेको, मात्र महसूस हुन्छ मुटुले आवाज नगरी ब्यथा कहन्छ बारम्बार !! लाउछन् यता दुईदिने माया फेरी छोड्छन् निष्ठुरी गएपनि उस्को याद रहिरहन्छ बारम्बार गइन उनि रमाउदै पराईको हात त्यो समाउदै यता भने मुटु भित्रको घाउ डहन्छ बारम्बार हेर्दा समाप्त भए जस्तो हाम्रो प्रेम कहानी यो खोजी हेर्नु तिमीले निक्कै गहन छ बारम्बार - प्रकाश पाठक "योगी" ना. न. पा. १० जगतपुर हाल:-चेन्नई भारत

"गजल" यता लाख प्रेमी, मरेछन् शहरमा कतै प्यारमा नै, परेछन् शहरमा !! गनाएछ औधी, सधै काठमाण्डौं छ आराम सोच्दै, झरेछन् शहरमा !! गजबको छ तिम्रो,शहर ए!नेताजी अबुझले बसाइँ, सरेछन् शहरमा !! समाचार आयो, बालाई विहानै बलात्कार छोरी, गरेछन् शहरमा !! म सोच्दै बसेँ है, जगतको भलाई न राम्रो कुरा क्वै, छरेछन् शहरमा

गजल प्यारीको झन्, बात उस्तै रात्रीकालिन् , मात उस्तै !! काखैमा छौ, प्यार गर्दै उन्माद् को त्यो रात उस्तै !! के खोज्यौ खै, खोतलेर चाली राख्यौ, हात उस्तै !! माया के हो, होश गर्नु फेरी मिल्ला, घात उस्तै !! साख्यै छन् ती देख्छु मैले हेर्नुस् नारी, जात उस्तै छन्द :- लोहोत्से गण :- म त गु गु सूत्र :- sss ssi ss विश्राम :- ४ अक्षरमा

मुक्तक माऊँ भन्दा चल्ला बाठा अहो! कलियुग चल्ला भन्दा माऊँ लाटा अहो! कलियुग म गर्छु आग्राको कुरो ऊ गर्छ गाग्राको पढेकै पो छन् लाटा गाँडा अहो! कलियुग प्रकाश पाठक "योगी" मुक्तक उनैको हुन्छ जय जय पैसा फ्याके पछि कति आए कति गए पैसा फ्याके पछि आजकल निक्कै धाक लगाए नेता बनेर लाग्दै लाग्दैन अरे भय पैसा फ्याके पछि प्रकाश पाठक "योगी" मुक्तक रहर भो जीवन यो, खुशी देख्नलाई ठहर भो जीवन यो,सुखी भेट्नलाई चाहाना मनका अनेकौं यसै मर्ने भए जहर भो जीवन यो, बाँकी हेर्नलाई प्रकाश पाठक "योगी" "मुक्तक" सपनाहरू तुहिएर गयो, गरीबीले गर्दा जिन्दगी नै कुहिएर गयो, गरीबीले गर्दा बल्ल-तल्ल थोरै खुशी सँगालेको थिएँ खै कहाँबाट चुहिएर गयो, गरीबीले गर्दा प्रकाश पाठक "योगी" मुक्तक भन मात्र तिमी चाँडै आउँछु माग्न जिस्काएँ भने नखोज छुरी दाग्न मनैमा माया सजाएर बसे है तिमी मागी नभए विहे तयार छौ त भाग्न.? प्रकाश पाठक "योगी" "मुक्तक" झरेको थियो फूल डालिबाटै हेर कसरि भयो भुल मालिबाटै हेर म पनि झुक्किएरै प्रेम जालमा परे प्रेम प्रस्ताव आथ्यो जालिबाटै हेर !! प्रकाश पाठक योगी चितवन १ जगतपुर हाल- चेन्नै

स्वतन्त्र गजल भन्दैछ सहिदले नेपाल यो नेपाल रहेन बाबु मरे पछी छोरोले भन्छ बाल रहेन !! यति सम्मको पीडत मैले देखेकै थिईन दाइले भन्छ पाहुना आउनाले दाल रहेन !! परदेशी भयो,धेरै थोरै धन कमायो दाइले भाउजूको ओहो! यता निको चाल रहेन !! सानोमा सबै मिली रमाउने गर्थ्यौ तासमा जवानी चड्दा जिम्मेवारी बढ्दा खाल रहेन !! जसो-तसो जोगाए प्राकृतिक सम्पत्ति बाजेले छोरा नातीको पालामा नदी अनि ताल रहेन प्रकाश पाठक "योगी"

गीत :- सुकोमल ती हात... सुकोमल ती हात समाएको छैन यो मुटु तिमीलाई थमाएको छैन सुकोमल ती हात.......... लाग्थ्यो रहर एकान्तमा भुल्न हात समाई तिम्रो यता उता डुल्न अझै सम्म तिमीलाई सताएको छैन सुकोमल ती हात समाएको छैन..... तिम्रै नाउँ मैले गरेँ मेरो जिन्दगी यो ढुकढुकीले सताउँछ पागल सरी पो तिम्रो तस्बिर मुटुबाट हटाएको छैन सुकोमल ती हात समाएको छैन... सुकोमल ती हात समाएको छैन यो मुटु तिमीलाई थमाएको छैन..... प्रकाश पाठक "योगी" भरतपुर २३, जगतपुर हाल:- चेन्नई भारत

चौथो मुक्तक दाईजोको नाममा पीडा दिएर रूवाईन्छ अझैँ पनि गोडा धुने,जल ख्वाउने र पाउ छुवाईन्छ अझैँ पनि थोरै आपसी समझदारी भएन भने नारी सँग कसैको बोक्सी भन्दै बहिष्कार गरी मलमूत्र खुवाईन्छ अझैँ पनि । नाम :- प्रकाश पाठक "योगी" ठेगाना :- भरतपुर २३ जगतपुर चितवन हाल :- चेन्नई भारत मो. - +९१ ९९६२६४०५७५

गजल अचम्मै पियारी, सतायौ मलाई चुमेरै अधरमा, मतायौ मलाई !! चिसोले म थरथर,भएको बखतमा चुमेरै वदन यो ततायौ मलाई !! मनैमा अनेकौँ, रहर पो रहेछन् अहो! आज तिम्ले, बतायौ मलाई !! बढो दु:ख रै'छ,एक्लै बस्न घरैमा बसाली समीपमा, जतायौ मलाई !! फकाएर औधी, बस्यौ है समीप सिकाएर काम, रतायौ मलाई बहर :- मुतकारिब सूत्र :- १२२/१२२/१२२/१२ विश्राम :- ६ अक्षरमा गजल मनैमा बसेकी पियारी तिमी हौ अधर यो डसेकी पियारी तिमी हौ !! नराम्रो नठान्नु अनौठो नमान्नु अँगालो कसेकी पियारी तिमी हौ !! म राम्री छु भन्ने भयो है घमण्ड अनेकौं घसेकी पियारी तिमी हौ !! हजारौं थिए है नयनमा बसेका दिलैमा पसेकी पियारी तिमी हौ !! सुहाएको छैन् अधरमा त लाली बढी नै धसेकी पियारी तिमी हौ बहर :- मुतकारिब सूत्र :- १२२/१२२/१२२/१२२ विश्राम :- ६ अक्षरमा

"मुक्तक" जब म एकाएक बाँस झैँ फुल्ने छु अनि आनन्द हुनेछ सुकेको पुष्प झैँ डालीमा झुल्ने छु अनि आनन्द हुनेछ धेरै नसताऊ प्रिय तिमीले मलाई वचनले बारम्बार कुनै पल मैले श्वास फेर्नै भुल्ने छु अनि आनन्द हुनेछ प्रकाश पाठक "योगी"

मुक्तक अमृत थियौ हिजो बिष बन्दी भयौ मलाई फसाउन खाडल खन्दी भयौ पराईको हात शिरमा के परेको थियो प्रेमको खेलमा ठूलै प्रतिद्वंद्वी भयौ

"स्वतन्त्र गजल" विचार गम्भीर सोच फरक बताएर मर्नु छ मेरो नाम इतिहासमा अब लेखाएर मर्नु छ !! देशको खातिर मरे लाखौं सपूत छाती थापी कायर भै भाग्नु भन्दा हतियार समाएर मर्नु छ !! खाईंसके भ्रष्टाचारिले खण्ड खण्ड गरी देश सामन्तीलाई मास्ने ठोस कदम उठाएर मर्नु छ !! देशको हालत देखि निदाएका युवा हामी भावी सन्तानलाई भने छिट्टै जगाएर मर्नु छ !! उठाएर सकरात्मक विचार देशको बारेमा हिमाल,पहाड साथ-साथ तराइँ धाएर मर्नु छ