Thursday, 28 December 2017

कविता :- बाँढेर खाऊँ

कविता :- "बाँडेर खाऊँ"  

टन्टलापुरे घाम, चैतमास काम धन्धाहरु छैन,
खास गाउँभरिका बरालिएका कठै !  ती बेरोजगार युवाहरू....  
कोही गाई-बाख्रा चराउन हिँडे,
  कोही तासमा रमाउन हिँडे, 
कोही प्रेमिकालाई समाउन हिँडे, 
सबैको आ-आफ्नै पारा छ  कठै !  ती बेरोजगार युवाहरू...... 
कोही कता हिँडे,
कोही कता
न कुकुरको काम न फुर्सद
सबै मस्त भए,सबै व्यस्त भए
चैतमासको घाम युवाहरूको काम कठै ! ती बेरोजगार युवाहरू.....  
काले, गोरे, साने, ठूले, लुरे काइँला, माइला, साइला,  राइँला अनि थाइला मिली,  कोदाली, थाल, बाल्टी र डोको उठाएर लम्किए गन्तव्यमा कठै! ती बेरोजगार युवाहरू......  
काले र गोरे माटो ल्याउन हिँडे माइला र साइला कुलो खन्न थाले,  कोही के गर्न थाले कोही के गर्न  तर एकाएक सबै कार्य व्यस्त भए कठै ! ती बेरोजगार युवाहरू......   
मेहनत पसिना बगाएर,  आत्मबल जगाएर,  पानी फाले, पोखरी सुकाए,  यता पन्छाए, उता पन्छाए अहँ !  हात लागेन केही कठै! ती बेरोजगार युवाहरू.......  

आशाको दीप निभ्नै लाग्यो,  सबैलाई भोक जाग्नै लाग्यो,  यतिकै यौटा माछो उफ्रिएर आयो बिचरा! सबैको बल्ल आश जाग्यो कठै!  ती बेरोजगार युवाहरू..... 
समाए त्यो माछो थियो यौटा,  न हुन्छ मीठो झोल न चौटा,  खाऊँ भने कान्छा बाजेको मुहार नखाऊँ त दिनभरीको शिकार कठै!  ती बेरोजगार युवाहरू.....

   काले भन्छ म खान्छु  गोरे भन्छ म खान्छु माइलो भन्छ म लान्छु साइलो भन्छ सब्लाई हान्छु काइलो करायो कुनाबाट गर मात्र हल्ला हिजोको चल्ला कठै! ती बेरोजगार युवाहरू....  

टाउको-पुच्छर तीतो माझको छ मीठो अहो! कस्तो दोधार  भागमा हुन्छ अत्याचार  भाई भाई नै छन् गद्दार कठै! ती बेरोजगार युवाहरू..... 

जेठो र माइलो जुटेनन् अरू कोही उठेनन् सम्झौतामा जाने भए आखिर माछो कस्ले लाने भए कठै!  ती बेरोजगार युवाहरू.......  

अब सबैले मिलेर खाऊँ आऊ भाईहरू घरतिर जाऊँ गठबन्धन गर्दै बेस होला के नै रै'छ र मर्ने चोला कठै!  ती बेरोजगार युवाहरू......  

प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

Tuesday, 26 December 2017

गजल प्यारीको झन्, बात उस्तै रात्रीको त्यो, मात उस्तै !! काखैमा छौ, प्यार गर्दै उन्माद् को त्यो रात उस्तै !! के खोज्यौ खै, खोतलेर चाली राख्यौ, हात उस्तै !! माया के हो, होश गर्नु फेरी मिल्ला, घात उस्तै !! साख्यै छन् ती देख्छु मैले हेर्नुस् नारी, जात उस्तै छन्द :- लोहोत्से गण :- म त गु गु सूत्र :- sss ssi ss विश्राम :- ४ अक्षरमा

गजल चलेको छ खेला, पियारी बजारमा भए लाख भेला, बटौली बजारमा !! सभासद् भनौदा, चुनाबै जितेछन् खुशी छन् ती चेला,त औधी बजारमा !! दया छैन केही, धनाढ्य भएछन् सुँगुरको छ मेला, बुझे ती बजारमा !! बुझेकै कहाँ छु, शहरको कुरा नै भएँ है म हेला, यहाँ यी बजारमा !! छु भोकै र नाङ्गै, परेँ है म खाते कसैले त देला, र केही बजारमा बहर :- मुतकारिब सूत्र :- १२२/१२२/१२२/१२२ विश्राम :- ६ अक्षरमा

Thursday, 14 December 2017

कविता :- म कवि के लेखौँ....? अँधेरी रातमा टुकीको धिप धिप उज्यालोको साहारा लिएर बर्षौ देखी मौन रहेको कलमलाई उठाउने जमर्को गर्दै गर्दा मानसपटलमा अनेकौं सोच एकाएक यता-उता ठोक्किन्छन्... के लेखौँ कसो लेखौँ अक्कमक्क पर्छ अलमल पर्छु दिमाग भन्छ, देशको परिस्थितिलाई समेटेर लेख, उखालेर फ्याकी दे भष्टाचार गर्नेहरूको जरा जमिनबाट, लुकेर बसेका बर्षौ पुराना इतिहासलाई खोतलेर लेख, सकुन्तला भाउजूको बलत्कार कसरी भयो खुलाएर लेख, बाऊले छोरीलाई किन यस्तो गर्यो..?, पोहोर भोट माग्दै आएका साईला दाइ किन फर्किएनन् गाउँ...? यथार्थ सबै खुलाएर लेख भन्दै छ तर..... तर दिल भन्छ हैन.... प्रेमिल ती जोडीहरूको कथा लेख, बाह्र हाते पटुकी, गुन्यो चोली, दौरा सुर्वाल,हटेर नयाँ आएका वस्त्रहरूको बारेमा लेख, आफ्नो कला-संस्कृती भुलेर पश्चिमी संस्कृतीमा रमाउनेको कथा लेख, गोरे दाइको विदेशमा फस्टाएको प्रेम कथाको बारेमा लेख, वैचारिक द्वन्द छ के लेखौँ भुकम्प पीड़ितको कथा लेखौँ की, बाढी पीड़ितको कथा लेखौँ की, भष्टाचारले रोएको देशको बारेमा लेखौँ की परदेशमा रोएको काले दाइभाइ र दिदीबैनीको कथा लेखौँ की, दाइको आशमा बसेकि माईली भाउजूको बारेमा लेखौँ की.... चारै तिरबाट गुहार भन्दैछन् हरेक चितत्कारले सहयोग मागिरहेकाछन्.... कस्को कथा लेखौँ....? कस्को पीडा सुनौँ....? म कवि के लेखौँ....?

Tuesday, 28 November 2017

गीत :- सुकोमल ती हात... सुकोमल ती हात समाएको छैन यो मुटु तिमीलाई थमाएको छैन सुकोमल ती हात.......... लाग्थ्यो रहर एकान्तमा भुल्न समाई हात तिम्रो यता उता डुल्न अझै सम्म तिमीलाई सताएको छैन सुकोमल ती हात समाएको छैन..... तिम्रै नाउँ मैले गरेँ मेरो जिन्दगी यो ढुकढुकीले सताउँछ पागल सरी पो तिम्रो तस्बिर मुटुबाट हटाएको छैन सुकोमल ती हात समाएको छैन... सुकोमल ती हात समाएको छैन यो मुटु तिमीलाई थमाएको छैन.....

मुक्तक प्रचण्ड छ ताप हिया यसै जल्ने नै भयो अग्नि समीपमा मैन पनि गल्ने नै भयो जब हुन्छौ बन्द कोठामा तिमी अनि म सहन नसकि प्रकाश पनि ढल्ने नै भयो

Thursday, 23 November 2017

मुतकारीब :- १२२ १२२ १२२ १२२ गरौँ देशको ख्याल राम्रो हुने छ बढाऔँ सही चाल राम्रो हुने छ ।। मिची साँध भारत बढेको छ जै'ले बनौ देशको ढाल राम्रो हुने छ ।। लुटेकै छ टिस्टा,अझै लुट्छ होला लगाए त पर्खाल राम्रो हुने छ ।। घमण्डी बने हानि आफ्नै हुने हो बरू दु:ख डर फाल राम्रो हुने छ ।।

मुतकारीब १२२×४ उचालेर पाउ चलेको छ यात्री शिखर चुम्नलाई बढेको छ यात्री ।। बदल्नै छ मैले यहाँको रिवाज यही सोच राखी हिडेको छ यात्री ।। थियो साथ जहिल्यै सफरमा हिडेको एकाएक टाढा सरेको छ यात्री ।। भयो द्वन्द्व देशमा लडौला म भन्थ्यो बिचारा नलड्दै हटेको छ यात्री ।। सफरमा अनेकौँ व्यथा झेल्नु पर्छ समस्या हजारौं सहेको छ यात्री ।।

कविता :- "फरक स्वाद र लामखुट्टेको सोच" - प्रकाश पाठक "योगी" बच्चा देखी लिएर बूढा सम्म, कालो देखी लिएर गोरो सम्म, केटा देखी लिएर केटी सम्म, त्यो भर्खर सोह्र सत्र बर्षे युवा युवतीहरूको अनि धनी र गरीबहरूको रगतको स्वाद चाखेर म विचार गर्थेँ राम्राको रगत मिठो कि नराम्राको मिठो घुम्ने कुर्सी माथी बसेर "जर्ज" गर्थेँ.. ठूला ठूलाको रगत पनि चुस्थेँ नेताको पनि रगतको स्वाद चाख्थेँ रुख बहादुरको, घाम बहादुरको, हसिया र हथौड़ा बहादुरको, गिलास बहादुरको र विभिन्न यस्तै बहादुरको रगत चाखेर मुल्यांकन गर्थेँ म आखिर कुन बहादुरको रगतमा स्वाद छ त....? अनि फेरी आफ्नो श्रीमती घरमा छोडेर पर स्त्री र श्रीमान विदेश भएको बेला पर पुरुष सँग जोडीएर सुतेका पुरुष र महिलाको, जवानी भरीएको रगत चाखेर म जर्ज गर्थेँ आखिर किन यसरी बिग्रन्छन्....? त्यो रगत फरक छ र....? परदेशी बूढाको रगतमा जवानी छैन...? घरमा बाटो कुरेर बसेकी श्रीमतीको रगतमा जवानी र जोश छैन्....? फेरी शुक्रराज,धर्मभक्त, गंगालाल र दशरथ चन्द्र चार सपूतको रगत चाख्थेँ र विश्लेषण गर्थेँ म घुम्ने कुर्सीमा बसेर स्वाद कुनमा छ....? फलानो बहादुरको रगत चाखेँ, ढिस्काना बहादुरको रगत चाखेँ, मध्यम वर्गको रगत चाखेँ, सम्पन्न वर्गको रगत चाखेँ, विपन्न वर्गको रगत चाखेँ र विश्लेषण गरेँ किन यौटै स्वाद भएको रगत पनि अलग-अलग विचारका छन्...... ? नेताहरूको विचार फरक, जनताहरूको विचार फरक, हरेक ब्याक्तिहरूको विचार फरक अरू त अरू यौटै आमाको सन्तानको पनि विचार फरक..... सबैको रगत यौटै स्वादको छ..... तर फरक स्वाद छ त मनको विचारको सोचको भावनाको साथै पुरै मानिसको छ.....

"आहा" झ्यापै आँखा सन्कायौ आहा दिलमा आगो दन्कायौ आहा कस्तो काऊकूति लाग्यो आज यौवनको ध्वनि घन्कायौ आहा "योगी"

"मुक्तक" सधै यादहरु पठाएर सताउन थालिछ्यौ मिठा - मिठा बातले मताउन थालिछ्यौ भोली समाजको बात लाग्ला होश गर है खुल्लम-खुल्ला माया जताउन थालिछ्यौ !! - प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर. हाल- चेन्नई भारत

Wednesday, 22 November 2017

मुतकारीब १२२×४ लुटायौ जवानी शहरमा तिमीले धनी बन्छु भन्ने रहरमा तिमीले ।। लुकाएर पीडा रमायौ कसोरी ? बिताएर यौवन कहरमा तिमीले ।। सधै आँसु झार्दै सहेरै बसिछ्यौ खुशी साथ रम्ने ठहरमा तिमीले!! गए दूर स्वामी हराए कता खै बस्यौ नित्य पर्खी डहरमा तिमीले ।। गयौ दूर तिमी पियौ बिष रमाई यहाँ मुक्ति देख्यौ जहरमा तिमीले ।।

कविता :-

कविता :- रगत कालो हुनु पर्ने

पुरुष अनि महिला,
काला अनि गोरा,  
धनी अनि गरीब,    
तर 
गरीबीको रगत रातै छ, 
धनीको रगत रातै छ,
कालोको रगत रातै छ,
गोरोको रगत रातै छ, 
पुरुषको रगत रातै छ, 
महिलाको रगत रातै छ, 
छ सबैको रगत रातै छ         
तर  विचार किन कालो छ.....? 
रजस्वला भएको  महिलालाई दूर दूर गर्नु, 
अछुत भनेर दूर दूर गर्नु, 
भिखारि भनेर दूर दूर गर्नु, 
साच्चै विभेद हैन त......? 
समाज यति साह्रै अन्धो छ 
वा अन्धो बन्ने नाटक गर्दै छ. ?
बुझ्न निक्कै कठिन रै'छ       
कारण
विवाह पूर्व गर्भवती भएकी महिलाले भन्छिन् यो गर्भ  फलानोको हो भनेर         
तर 
समाजको नजरमा  सधै महिलाको गल्ती  ठहरीन्छ  भनिन्छ त्यो स्त्री खराब, 
कस्तो परिवार होला जन्म दिने, 
यद्यपि जहाँ पुरुष र महिला  जवानीको आवेगमा वहकीएर रहेको हुन्छ । जहाँ यौवनको  आगो ठण्डा पार्न तत्पर पुरुष  पनि  उत्तिकै तयार थियो र  महिला पनि उत्तिकै.....    आखिर किन.....?  मतभेद.........?  किन विभेद..........?  साँच्चै विभेद र मतभेद गर्नेहरूको रगत रातो होईन कालो हुनु पर्ने हो  तर  कसरी भयो रातो.......?

Saturday, 18 November 2017

कविता

कविता :- न म हनुमान न त शक्तिमान

               -   प्रकाश पाठक "योगी" 
आँखा खोलेर 
जब म  विहानीको  रविलाई
स्पर्श गर्छु  तब
हरेक विहानी प्रहरमा 
यौटै सोचमा घोत्लिन्छु... 
साच्चै म "शक्तिमान"भए
यत्र-तत्र छरीएका,  
चारै तिर बरालिएका, 
अर्थहीन ब्यक्ती, 
ठेगान लगाउथेँ 
जसरी
अर्थहीन सामानलाई
मानिसहरूले  मिल्काए झैँ
म पनि मिल्काउथें 
र भन्थेँ
"कसिङ्गर बढी भएछ...
बाढीमा डुबेकाहरूलाई बचाई दिन्थेँ,
भोका नाङ्गाहरूलाई 
गास र बासको बन्दोबस्त गरी दिन्थेँ,
भुकम्पले रूवाएकाहरूको 
आँसु पुछि दिन्थेँ, 
गाँउ- गाँउ पुगेर  अवलोकन गर्थेँ
कहाँ को रोएको छ भनी,
परदेशमा "बिरे"रुन पर्थेन, 
स्वदेशमा आमा रून पर्थेन, 
देशमै कलकारखाना बनाई
सबै "बिरेहरूलाई" रोजगार दिन्थेँ, 
महङ्गीले आकाश छुनै लाग्दा
महङ्गीलाई समातेर भुँईमा पछारी दिन्थेँ
साच्चै म शक्तिमान भए, 
के के गरिदिन्थेँ         
तर 
बिडम्बना  न म शक्तिमान,  
न म बुद्धिमान, 
न म हनुमान,
न म धनमान,
चाहेर पनि उठ्दैनन् 
जमीनमा टाँसिएका  चिसा पैतालाहरू
उठुन पनि कसरी...?
उठ्न र कदम बढाउन शक्तिमान हुनु पर्यो,
धनमान हुनु पर्यो,
हनुमान हुनु पर्यो,
न म हनुमान, 
न त शक्तिमान....

Friday, 17 November 2017

"मुक्तकहरू" (१) झर्यो कमाउन "मदन" खासामा झर्यो टन्न हुन्छ धन भन्ने अभिलाषामा झर्यो विदेशीहरूले यस्तै खबर बताए सधै छोडेर मुना, धनी बन्ने आशामा झर्यो (२) आई रहन्छ उतार चढाब जिन्दगीमा यार परि रहन्छन् दु:ख र पीडाहरू बारम्बार हरेस नखाई चल्ने शिखरमा पुग्छ जै'ले लड्खडाए पनि कदम चाल्नु पर्छ लगातार (३) बरू सदाको लागी सत्रु ठानेको भए हुने मोहीनी लगाई टुना गरी बानेको भए हुने एक्कासी राम्रो हुन्न भन्छ्यौ सम्बन्ध हाम्रो बोल्नुपूर्व छुरा मुटुमा सिधै हानेको भए हुने (४ रातो साडी लगाएर कता हिड्यौ तिमी चिईङ्गम पनि खाएर कता हिड्यौ तिमी म भने मरी हत्ते गर्ने तिमीलाई पाउन अर्कैलाई समाएर कता हिड्यौ तिमी (५) मैले पनि के जिस्क्याएँ दिल दिएर मरी मेरै मायामा सियो झैँ ऊ त खिएर मरी भेट्न जाँदा छोराछोरी देखेँ म फर्किएँ समाचार सुन्छु ऊ त जहर पिएर मरी (६) दिल दिएर अनि मुस्कान दिएर पछि लागेँ तिम्रो म ज्यान दिएर राख्नु खस्न नदिनु माथबाट सधै सिन्दूर हूँ सम्हाल सम्मान दिएर

''गजल" जब ढल्छ रवि साँझमा भट्टी धाउन मन लाग्छ । भुल्न मनको पीडा बोतल समाउन मन लाग्छ ।। बैगुनीले छिया-छिया बनाएर मुटु मेरो लगे पछि मल्हम सुरा बनाएर ती घाउमा लगाउन मन लाग्छ ।। आइरहन्छन् झझल्कोमा तिम्रा घातक बिम्बहरू समाई तिमीलाई दिलको हाल बताउन मन लाग्छ ।। छट्पटिमै बित्यो हरेक रात,अनिदो छ आँखा अझैँ फेरी रहने श्वास मैले भित्र भित्रै दबाउन मन लाग्छ ।। मनमा चोट बढी भयो,लाग्छ आज अन्तिम घडी भयो पिएर जहर सारा दु:ख पीडा लुकाउन मन लाग्छ ।।

Sunday, 5 November 2017

छन्द - कालो पर्वत सूत्र - SSS llS lSl SS गण – म स ज गु.गु. विश्राम – ६ अक्षरमा आऊ कम्मर लौ कसौँन हामी माया गर्छु सँगै बसौँन हामी !! बढ्दै पो छ चिसो निकै यहाँ त ए बूढी घरमा, पसौँन हामी !! फोका हात भरी,छ दर्द खिल्मा आऊ मल्हम लौ, घसौँन हामी !! अत्याचार गरी, सताउदा क्वै धारीलो खुकुरी, धसौँन हामी !! हेर्छन् सत्रु यहाँ, लुटेर खान कालो नाग बनी, डसौँन हामी प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

"स्वतन्त्र गजल" मिथ्या कुराहरू गरेर सतायौ खाली कोठामा झरेर सतायौ !! म हुन्न भन्छु बारम्बार जहिले समाउदै हात वर सरेर सतायौ !! रिसाए झैँ गर्दा लाग्दछ माया झनै कस्तो आँखा तरेर सतायौ !! कोशेली रै'छ गाउँबाट ल्याएको खान्न भन्दा मदीरा भरेर सतायौ !! लुट्नु थियो मैले ,सकिन डरले चुम्बनले मेरै इज्जत हरेर सतायौ प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

स्वतन्त्र गजल उठाए यहाँ मुद्दा तर छिनोफानो छैन बूढी पोईला गा'को कुरा हो सानो छैन !! कमाएको सबै धन् प्यारीलाई पठाएँ लगिछे कुम्ल्याएर अन्नको दानो छैन !! भुकम्पले र बाढीले तितर-बितर पार्यो पेटभरि खान र ओत लाग्ने छानो छैन !! सरकार तँ किन यसरी निदाएको छस् ति झुपडीमा हेर अनाजको मानो छैन !! मेरी प्यारी को सँग पोईला गई भन्दा भलाद्मी भन्छन् तल्लाघरे फलानो छैन

Saturday, 28 October 2017

स्वतन्त्र गजल तिम्रो बिहे पछि हातमा चुरा घाँटीमा पाेते हुने छ समाजमा इज्जत राख्न तिम्रै छाेरा गाेथे हुने छ । नानाभाती कुरा गर्दै हिड्यौ भने समाजमा फेरी तिम्रै नाम परिवर्तन भैँ बाते र ओठे हुने छ । यहाँ खेलाडी हूँ भन्छन् महाशयहरू खेलको आऊ खेल्नलाई खेल,अब बागगोटे हुने छ । यौटा सुचना ताजा साँगसब्जी खान चाहेमा घरको करेसाबारीमा बिऊ मात्र रोपे हुने छ । छ चञ्चल मन चढेको छ अझैँ बैश तिम्रोनि म बोल्दिन क्यै यो ओठमा तिम्रो ओठ डोबे हुने छ

सधै झै मुक्तक पाठशालामा हुने मुक्तक सवाल जवाफमा आज पनि देवी बास्कोटा र प्रकाश पाठक "योगी" बिच *गरीबी* बिषयमा भएको मुक्तक सवाल जवाफ यस प्रकार छ !! मुक्तक-१-देवी देखे टाइ सुटमा मैले तिमीलाई, सोचे सरिफ भएछौ बुझ्दैै छु आज तिम्रो बानी, तिमी त हरिप हुन गएछौ बंगला त ठूलै छ तिम्रो अनि चिल्लो गाडी पनि मलाइ के थाहा तिमी त बिचरा मनको गरिब रहेछौ!! मुक्तक-१-प्रकाश आजकल पश्चाताप लाग्छ लुटेर खाएकोमा हो गरीब दिन दुखीहरुलाई कुटेर खाएकोमा अचानक बुढो बा भोकले छट्पटाएको देखे आज किन बेकार लाग्छ गफ चुटेर खाएकोमा मुक्तक -२ अब भने तिम्राे बुद्दीकाे बिर्काे खुले जस्ताे छ गरिबकाे झुपडीमा बल्ल नजर डुले जस्ताे छ पैसाकाे मतले पागल भएर बसेकाे तिमीले माया पैसामा किन्न सकिन्न भन्ने भुले जस्ताे छ मुक्तक -२ हो आज बढो दुख लाग्दैछ आफैलाई गरीबहरु देखेर दया जाग्दैछ आफैलाई गर्नु सम्म अत्याचार गरेको रैछु मैले त मेरो जिन्दगीले औँला ताग्दैछ आफैलाई मुक्तक -३ याद छ मलाई तिमीले गाेठालाे कुटेकाे हाँडीमा मकै भुटे झै ती गरिबलाई भुटेकाे ढिलै भए पिन पश्चताप गर्यौ खुशी लाग्याे पाप अवश्य लाग्छ गरिबकाे पसिना लुटेकाे मुक्तक -३ हो धेरै हैन अलिकति कुटेको थिएँ तेस्को पनि कालो धन लुटेको थिएँ उस्ले राज्य लुट्थ्यो मैले चैँ उस्लाई सरासर मागेको नदिदा चुटेको थिएँ मुक्तक -४ तिम्राे सधै गरिबलाई लुटेर खाएकाे बानी धनकाे घमण्ड देखाई रहन्छाै जानी जानी समाजमा एक दिन तिमी एक्लाे हुने छाै बुझ अाफ्नै क्रियाकलापले तिमीलाई हुने छ हानी मुक्तक -४ यति जातिबित्तिनै भनि नहाल सबै सँग अगतिलि बनि नहाल पैसा छ टन्न एक्लो त मरे हुन्न म पाएँ भनेर खोइरो नै खनी नहाल मुक्तक -५ सम्पति देखाएर अाफुलाई अब्बल गराउँदै छाै टाढैबाट भए पनि तिमी मलाई नै कराउँदै छाै उ बेलाँमा अाँखा नदेखेर गर्नु पाप गर्याै तिमिले अाज पाेल खुल्ने डरले भित्र भित्रै डराउँदै छाै मुक्तक -५ हिजो मेरै पैसामा निक्कै मोज गरेकी थियौ दिनकै होटलमा डिस्को र भोज गरेकी थियौ पुगेसरी भयो अब तिमिलाई मलाई चुसेर है? राम्री हुन ब्युटी पार्लर जाने रोज गरेकी थियौ मुक्तक -६ आज आइ अाफ्नाे पाेल अाफै नखाेल तिमी सम्पति छ भन्दैमा जे पायाे तेही नबाेला तिमी तिमी जस्ताे बिग्रेकाे सन्तान हाेईन म त बुझ मलाई दाेष थुपारी अाफैमाथी खत्रा नमाेल तिमि मुक्तक -६ चुसेर जुकाले झै,अघाएर तर्किन थाल्यौ हो मैले बोलाउँदा पनि अब झर्किन थाल्यौ नहुदा पैसा मेरो प्यारी बनेर,राजा हौ भनेर भेट भयो बाटोमा भने उता फर्किन थाल्यौ !! धन्यवाद !!

Friday, 27 October 2017

" स्वतन्त्र गजल " के हो जीवन परिभाषा खोज्दै छु यहाँ खुशीको अभिलाषा खोज्दै छु !! समयको अनौठौ खेल रै'छ जिन्दगी दाउ थाप्न जूवा अनि पाशा खोज्दै छु !! रुप हेरेर साईनो जोड्नु छैन मलाई जीवन साथी मैले त खासा खोज्दै छु !! बा'ले कूलको मान जोगाउनु भने देखी सुरुबाटै जोगाउनलाई नासा खोज्दै छु !! पर्यो खडेरी सुक्यो डाली फूलको यहाँ पलाउँछ भनी कुरेर आशा खोज्दै छु खासा :- खास,उम्दा, राम्रो असल नासा :- नाक

"स्वतन्त्र गजल" चञ्चल छ मन जोवन धान्ने कसरी जवानी चढेछ भनेर म जान्ने कसरी !! बस्दछ अरे माया फूलको प्रहारले भन्नुस त कोही पुष्पले हान्ने कसरी !! छ श्वास अड्केको कसैको मुटुमा अंकुश छैन साथमा तान्ने कसरी !! मुस्कुराएर हिड्छ्यौ जै'ले भेट्दा'नी मार्दिनौ आँखा आफ्नो ठान्ने कसरी !! चम्किन्छन् जुनकीरी हराउछन् छिट्टै "प्रकाशको"ज्योति भनि मान्ने कसरी

Friday, 20 October 2017

"स्वतन्त्र गजल" मनमा छ अनेकौँ चाहा बताऊँ कसोरी कोमल छन् ती अङ्ग म समाऊँ कसोरी !! दुख्ला झैँ गर्छ्यौ सधै हरेक स्पर्शमा अधरमा अधर जोड्न सघाऊँ कसोरी !! म चाहन्छु चुम्न "ती"हरेक अङ्गहरूमा नाई नभन मनको वेग हटाऊँ कसोरी !! शिशिर यामको वृक्ष झैँ भएछु स्वयम् कठै ! तिमीलाई दोष लगाऊँ कसोरी !! छौ अङ्गालोमै तर पनि मान्दिनौ किन हे दैव मैले तिमीलाई रिझाऊँ कसोरी !! प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल:- चेन्नई भारत

स्वतंत्र गजल झरेछ फूल कोपीलामै, मनै खिन्न भो तिमी बिनाको दुनियाँ, यहाँ भिन्न भो !! टुट्यो सम्बन्ध,छुट्यो खै साथ कसरी छायो आँखामा अध्यारो,कानै टिन्न भो !! सदैव लागेको छ चोट मनमा हजारौ न माग घायल मुटु कसैलाई दिन्न भो !! उपहार तिमीलाई दिन्छु भन्थ्यौ तिमीले दियौ चोट यो भए पुग्छ अरू लिन्न भो !! न बिर्सनु भनेर गयौ,पराईकै बनेर गयौ ढुक्क हुनु पापीनी कहिल्यै बिर्सिन्न भो प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

"स्वतंत्र गजल" ढुङ्गालाई पुज्छ, आमा बाऊ कुट्छ अचम्म छ पैतृक सम्पत्ति पाउन, भाई चुट्छ अचम्म छ !! आफ्नो जवानीको आगो ठण्डा पार्नलाई क्वै साखै बा'ले छोरीको इज्जत लुट्छ अचम्म छ !! पुरुषप्रधान् देश पक्कै हैछ बल्ल विस्वास भो नारीको सिन्दूर पुछिन्छ,चुरा फुट्छ अचम्म छ !! आज बैरी झैँ भएर,एउटै आमाका सन्तान ती कठै!आफ्नै दाइको परिवार भुट्छ अचम्म छ !! सातौ जुनी तिम्रै बन्नेछु भनी कशम खाएका कैयौं युगल जोडीको नाता नै टुट्छ अचम्म छ प्रकाश पाठक "योगी"

Thursday, 12 October 2017

- मुक्तक बुढो भए पनि अघि सरौँ सरौँ भा'छ उनिलाई अंगालोमा भरौँ भरौँ भा'छ बदल्न यो समाजको रुढि बादि कुरा अन्तरजातीय बिवाह गरौं गरौं भा'छ - प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर . हाल-चेन्नई भारत

"स्वतन्त्र गजल" मैँ हूँ सर्वेसर्वा,पालेर अहम मनमा के ज्ञान बाढ्छौ खै मनुष्य जनमा !! मति भ्रष्ट दुज्जनको संगतले हेर कति गर्मी र अहङ्कार छ धनमा !! धनकै लागी राम लक्षमणमा फाटो सर्वगुणी बनी लागे राम स्वयं वनमा !! कंश थिए मामा आखिर कृण्णकै कूविचार पालेका रै'छन सधै तनमा !! सार्यौ पाउ अन्त खुशी खोज्दै प्यारी भुलिछ्यौ खाएको कसम लगनमा

स्वतन्त्र गजल अहँ दिन्न म मेरो यो मुटु कसैलाई दिन्न दिएँ भने सबैले पार्छन् हिया छिन्न-भिन्न !! यता सम्बन्ध जोडी उता जान्छन् कोही के थाहा तिनलाई मन कति हुन्छ खिन्न !! जब सुने त्यो दिन उसको विहेको कुरा आँखामा छायो अध्यारो,कान भो टिन्न !! अति माया गर्छ्यौ मर्छु नभन झगडा परे मरौला मैँ के दिउँला तिमीलाई उछिन्न !! बन्नुथ्यो एकदिन"योगी"बनि सकेँ हजुर उनको सम्झनामा अब रति पीर लिन्न !!

"हाईकूहरू" गंगा झैँ बगोस् वचन सदैव है सफा मन भैँ अधेरी रात मन्द मन्द पवन प्रियाको साथ चलेको छ है सम्बन्ध हाम्रो बनी खोली बगर मुहार तिम्रो वर्णन म के गरूँ चन्द्रमा झैँ छ बर्खे खोला त्यो महासागर ठान्छ बिपरीत् बुध्दि बनेछ गीत न्याउली रोयो बन मेरै त्यो प्रित वसन्त ऋतु छैन प्रियाको साथ "योगी'' हरायो खबर सुने तिम्रो विहेको मैले दर्कियो झरी पाईन माया त्यसैले म भा'को छु पतझर् रूख पर्खेर बसेँ मिलन होला भन्दै नदी कुरेर फर्किएन है परदेशी कहिल्यै आँधी हुरी भो उराठ मन प्रियाको आयो याद झरी पर्दा त वनको चरी वनमै रमाउँछ खोल पिँजडा प्रकाश पाठक "योगी"

मझौला झ्याउरे ३+२, ३+२, ३+३=१६ कविता :- परदेशीको ब्यथा बगाई आँसु बाँच्नु छ सधै कसैको यादमा न निन्द्रा लाग्छ न भोक लाग्छ अधेरी रातमा । झझल्को औधी आएको हुँदा तस्बिर हेर्दै छु सम्झेर घर, पियारी, छोरो म चिठ्ठी कोर्दै छु ।। १ ।। आयो है दशैं सबैको घर कसरी रमायौ साहू छ जाद्रो माग्दछ पैसा कसरी थमायौ । बर्षौ भो आ'को मुग्लान केही गर्न नै सकिन पीडाले थिच्दा मुटुमा झनै मर्न नै सकिन ।। २ ।। छोराले आमा,खै बाबा भन्दा मन त्यो रुँदो हो दशैंको बेला म घर भए खुशी नै हुँदो हो । बाटो त्यो हेरी बसेकी हौली हे मेरी पियारी हिम्मत गरी बस्नु है तिमी घर त्यो सिङारी ।। ३ ।। न मरे बाँचे कालले साँचे आउला फर्केर मलाई सम्झि हे मेरी आमा नरुनु धर्केर दैवको खेल मरेछु भने पराई माटोमा हेरेरै दिन बित्ला है आमा पर त्यो बाटोमा ।। ४ ।।

"मुक्तक" मनको बागमा तिम्रो नामको फूल सारेको थिएँ गोडमेल गर्दै पुरा बगैँचा बारम्बार चाहारेको थिएँ ओहो,! फक्रिन नपाउँदै कसैले चूँढेछ तिमीलाई मैले त चारैतीरबाट सुन्दर बगैँचालाई बारेको थिएँ

"मुक्तक" निष्ठुरीकै कदम अगाडी बढ्छ यहाँ बिस्तारै उच्चशिखर तिर चढ्छ यहाँ भुलेर'नी विस्वास नगर्नु मायामा हेर माया गर्ने नै धोका पाएर लढ्छ यहाँ

"मुक्तक" बगाएँ आँसु मन हलुङ्गो हुदै भएन गाँठो परेछ ब्यथा खुकुलो हुदै भएन कसैले मायारुपी प्रहार यस्तो गर्योकी "प्रकाश"कहिल्यै अरूको हुदै भएन

Tuesday, 10 October 2017

सधै झै मुक्तक पाठशालामा हुने मुक्तक सवाल जवाफमा आज पनि [ श्याम किराँति र प्रकाश पाठक "योगी" बिच भएको मुक्तक सवाल जवाफ यस प्रकार छ !! नेता :- प्रकाश पाठक "योगी" ना.न.पा-१० जगतपुर चितवन हाल :- चेन्नई दक्षिण भारत जनता :- श्याम किराँति उदयपुर पंचावती ४ नेपालटार हाल: मलेसिया मुक्तक :- १ देश बनाउछु,बस्ती बनाउछु भोट दिनु मलाई चुनाव चिन्ह बुझि राखौं सजिलो छ हैं सलाई जनताको दु:ख,समस्या हेरेको छु सदैव मैले आफ्नो सत्ता उठाउनु छ अरूको सत्ता ढलाई प्रकाश पाठक "योगी" मुक्तक :-१ देश होइन बनाउँछौ त गाउँ बस्ती उजाड!! भोट माग्न आउने बेला गर्छौ तँ छाड म छाड!! तिमी जस्तो धोकेवाज लाई मरे भोट दिइदैन, घर दैलोमा आयौ भने खुस्काइ दिउँला ढाड!! श्याम किराँति मुक्तक :-२ थाहा छ आजकल किन रिसाएका छौं बिपक्ष पार्टीकालाई बिन्ती बिसाएका छौं पैसा दिएर भोट माग्छन् उनिहरु सबैसँग मैले पैसा नदिँदा सम्बंधनै चिसाएका छौं प्रकाश पाठक "योगी" मुक्तक :-२ ढाँट्नुको नि हद हुन्छ बुझिराख्या छौँ!! बेफुर्सदी आदत हुन्छ बुझिराख्या छौँ!! जब जित्छौ चुनाव तिमी सहर छिरेपछी, गाउँ फर्किन झन्झट हुन्छ बुझिराख्या छौँ!! श्याम किराँति मुक्तक :-३ चारैतिर झलमल भो मेरो सरकार आएपछि जनताहरु गौरवान्वित छन् भत्ता पाएपछि तिमीले अरुको गुणगान गाउनु स्वभाविक हो कुकुर पुच्छर हल्लाउछनै सत्रुकोनि खाएपछि प्रकाश पाठक "योगी" मुक्तक :-३ सोह्र घन्टा लोडसेडीङ भो तिम्रै सत्ता आए पछी!! कालिकोटमा भोकभोकै छन् तिम्रै भत्ता पाए पछी!! गौरवान्तित तिमी छौ भ्रष्टाचारि खोल ओढेर, किर्ना जस्तै ढाडीएछौ हाम्रै रगत खाए पछि!! श्याम किराँति मुक्तक :-४ जनतालाई भरीभराऊ झोली चाहिन्छ ढिला होईन आजै वा भोली चाहिन्छ परिश्रम गर्ने रति हैनन् आशामा बस्ने मिठा मिठा पकवानको सोली चाहिन्छ प्रकाश पाठक "योगी" मुक्तक :-४ सत्ता खारेज भत्ता थाइ हाम्रो नेपालमा!! जनता भोकै नेता को खाइ हाम्रो नेपालमा!! टुलुटुलु हेरिरहन्छु एक्लै के गर्नु र कठै, बाघको छाला स्यालको रजाइँ हाम्रो नेपालमा!! श्याम किराँति मुक्तक :-५ बोल्न पैसा लाग्दैन बोलौं मजाले पेटको कालो मैलो खोलौं मजाले सत्तामा गएँ खान्छन् भन्ने सोच छ नकरात्मक सोच झन् घोलौं मजाले प्रकाश पाठक "योगी'' मुक्तक :- ५ जस्तो देखेँ त्यस्तै भन्छु माफ गर्नुहोला!! भ्रष्टाचारिको जरो खन्छु माफ गर्नुहोला!! देशको ढुकुटीमा हालिमुहाली गर्नेहरु हो, परि आएँ म नै भैरव बन्छु माफ गर्नुहोला!! श्याम किराँती मुक्तक :-६ अरे तिम्रो भैरवरुप साईँलीको भट्टीमा देखिन्छ यो गर्छु उ गर्छु भन्नेहरुनै सधै मातमा भेटिन्छ देशको चिन्ता होईन रक्सी खाने पैसामा बिक्छौ भन्दै हिड्छौ कुन पाटीले लौ कति रुपैया दिन्छ प्रकाश पाठक "योगी" मुक्तक :-६ भन्नेहरुले भन्दा रहेछन् सजिलै सँग!! आफू असल बन्दा रहेछन् सजिलै सँग!! किन जान्छ भट्टी भित्र बुझ्दै नबुझी, ट्वाकेन्द्रमा गन्दा रहेछन् सजिलै सँग!! श्याम किराँती, मुक्तक :-७ जाँड खाएर बाटोमा लेडका थियौं आफ्नै मलमुत्रमा नै गडेका थियौं किन तर्कन खोज्छौं अहिले तिमी यस्तो लाग्थ्यो गनाएर सडेका थियौं प्रकाश पाठक "योगी" मुक्तक :-७ बोले हुन्छ बोल्नलाई पैसा लाग्दैन अरुप्रति बोल्दा दया माया जाग्दैन खसालेर बोल्ने त समाजको बानी अँहङ्कारी बसे पछि बानी भाग्दैन श्याम किराँति धन्यवाद. !!!

मुक्तक सागर डुब्यो, मुर्दा उठ्यो,अचम्म नमान्नु हेर्दा हेर्दै सूर्य त्यो फुट्यो, अचम्म नमान्नु कलियुगको कमाल,जताततै भो धमाल कुम्भकर्ण भै देश सुत्यो, अचम्म नमान्नु

"मुक्तक" चाडपर्व गएपछि कसैको आँसु नझरोस कसैलाई पनि दशैंले दु:खी, खल्लो नगरोस तँ भन्दा म के कम भन्ने होडबाजीले यहाँ भैँसी बेचेर दशैं मनाए भनेर सुन्न नपरोस । प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर हाल-चेन्नई भारत

"मुक्तक" आजकल किन पर सर्दैछ्यौ तिमी मलाई नचिने झैँ पो गर्दैछ्यौ तिमी चर्चा चल्दैछ तिम्रो साथीभाइबाट अरुलाई अँगालोमा भर्दैछ्यौ तिमी

मुक्तक अवश्य केही गर्छु,तिम्रो यादमा म त महासागर नै तर्छु, तिम्रो यादमा म त मेरो सामू कसैको बनि डोली चढेमा धरोधर्म छिट्टै मर्छु, तिम्रो यादमा म त

Saturday, 7 October 2017

"मुक्तक" बगर बनेको छु साँच्चै नहर बनेको छु अनि बटुवाहरूको म सफर बनेको छु आउँछन् क्वै अनि छुरा धसेर जान्छन् चोटहरू सँगाल्ने ठूलो घर बनेको छु प्रकाश पाठक "योगी"

"स्वतन्त्र गजल" कहिल्यै पुरा नहुने यो रहर उस्तै छ नदीको आशमा बस्ने बगर उस्तै छ !! यसै कहाँ पाईन्छर फल सफलताको शिखरमा पुग्ने कठिन सफर उस्तै छ !! कसैले चोट दिएको थियो बिगतमा जोड्दिन फेरी सम्बन्ध डर उस्तै छ !! मनले चाहे चारैतिर भेटिन्छ भगवान् मैले पुज्ने मन्दिरको पत्थर उस्तै छ !! बर्षौ बितेछन् मैले कमाउन थालेको तर पनि खरकै छानो र घर उस्तै छ प्रकाश पाठक "योगी"

Tuesday, 3 October 2017

"मुक्तक" जाँड खाएर बाटोको छेउ कुना टेक्नु छ दशैमा पल्ला घरे कान्छिलाई प्रेम पत्र लेख्नु छ दशैमा जानेछु उस्कै घरमा हिम्मत राखेर अब चै पक्कै त्यो ससुराको चुरीफुरी कति छ देख्नु छ दशैमा प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर हाल-चेन्नई भारत

मुक्तक १५० आज मन उदास हुदैछ,तर कसैलाई खास हुदैछ प्रेमी यहाँ लाश हुदैछ,प्रेमिकाको अन्तै बास हुदैछ धिक्कार छ दैव अनौठो खेल रचेको रैछस तैेँलै त यता सत्यानाश हुदैछ,तर उता भने झक्कास हुदैछ प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर हाल-चेन्नई भारत

Wednesday, 27 September 2017

मुक्तक मलाई धन सम्पत्ति अनि त्यो शहर देऊन बारम्बार मीठा अनी सुनौला रहर देऊन सबैले यसै भनि भन्छन् भगवान् सँग सधै ऊ बिना बाँच्न भन्दा बरू दैव जहर देऊन

मुक्तक बगाउँदै आँसुको भेल सदैव बाँच्नु परेको छ न ताल छ न सुर छ यहाँ यसै नाँच्नु परेको छ म आउँछु भनि वाचा गरेर कोही गयो हिजो घिटिघिटि श्वास चले'नी प्राण साँच्नु परेको छ

मुक्तक बगर भएर अनि म पत्थर भएर सधै भत्किएको पुरानो घर भएर बर्षौ देखी कसैको पर्तिक्षामा छु पिपल बिनाको एक्लो बर भएर

"मुक्तक" :- १ भो नआऊ समीप, मलिन मुहार लिएर नआऊ नयनका ती अश्रुधारा,विवश भै पिएर नआऊ म हेर्न चाहन्छु शिखर चढेको, प्रगति नै गरेको आफू औंशी भै प्रकाश अरुलाई दिएर नआऊ "मुक्तक":- २ धिक्कार छ जिन्दगी भन्दै रुन्छु प्रवासमा हो दिन रात साहूको पाउ छुन्छु प्रवासमा बिरामी छन् आमा भनी फोन आउदा पनि जानै पाउदिन घर, बेहाल हुन्छु प्रवासमा! "मुक्तक":-३ कसैको पिठ्युँ पछाडी छुरा हान्ने बानी नराम्रो आफुले आफैलाई ठूलो ठान्ने बानी नराम्रो दुनियाँलाई पाठ पढाउँदै हिड्ने तिमी स्वयं आफ्नो छोडि अरूको धोती तान्ने बानी नराम्रो ''मुक्तक'' – ४ बुढा भएका आमा-बालाई वृद्धाश्रममा छोड्न थाले प्रगाढ़ ती सम्बन्धहरू, सदाको लागि तोड्न थाले संसार चिनाउने बाबा आमा अब घाँडो हुन्छ भन्छन् बुहारी त परै जावस् छोराले’नि बाटो मोड्न थाले । ''मुक्तक'' – ५ गोजी रित्तो छ भकारी खाली के आँटेर दशैं मनाऊँ पत्याउनै छोडे ऋण पनि कस्लाई ढाँटेर दशैं मनाऊँ भन्न त कति सजिलै भन्यौ धुमधामले दशैं मनाउनु माछा-मासु भागमा छैन सब्जी के काटेर दशैं मनाऊँ l ''मुक्तक'' –६ भन न दाइ मनपरेकी केटी फकाउने कसरी हो मनभित्रका कुरा सिधै गएर बताउने कसरी हो जब देखें उसको तस्वीर आँखामा नै बसेको छ संधै आईरहने उनको यादहरु हटाउने कसरी हो l प्रकाश पाठक "योगी" नारायणि नगरपालिका १० चितवन जगतपुर हाल :- चेन्नई भारत

"मुक्तक"१ बाटोमा हिड्ने कालि पनि राम्रै लाग्छ लौ मेरै दाईकि सालि पनि राम्रै लाग्छ जहिले देखि मायामा पर्यो यो मन मरो हरेक फटाह र जालि पनि राम्रै लाग्छ!! "मुक्तक"२ गरिबको त्यो पसिनाको मुल्य हुने भए साच्चै झिझा र मसिनाको मुल्य हुने भए पक्कै गरिबहरू तेहि बेचेर धनि हुने थिए कयौं पग्लिजाने असिनाको मुल्य हुने भए !! "मुक्तक"३ "गजल के गजल यदि भाव छैन भने" "साल कहलिदैन बृक्ष गाव छैन भने" "नेपालि के भन्नु तिमिहरु लाई यहाँ" "यदि नेपालि पनमा लगाव छैन भने"!! "मुक्तक"४ लौन घाटि खसखसायो कुरा काटेकि ?? मेरै बारेमा सड्यन्त्र यहाँ रच्न आटेकि ?? भरै छैन आफन्तहरुनै पराई हुदा रैछन् पराई सँग ठिक्क परि मेरै बात छाटेकि ?? "मुक्तक"५ "माया प्रेमको बात उनिबाटै गरिन्छ" "आखिरिमा ठूलो घात उनिबाटै गरिन्छ" !! "आफू पवित्र बनेर बसे भैगोनि त" "किन त तल्लो जात उनिबाटै गरिन्छ"!!!! !! "मुक्तक"६ सुख छैन शान्ति छैन यो मनमा कहिलेपनि तिमि रोएको सधै देख्छु सपनामा जहिलेपनि सन्चो छ कि बिसन्चो छ पियारिलाई खै कुन्नि देब्रे आखाँ फर्फराछ झनै चर्को अहिलेपनि !! "मुक्तक"७ तिमिलेनै भन काडा थियो कि फुल जान्न मन लाग्छ अनि मेरो थियो कि तिम्रो थियो भुल जान्न मन लाग्छ तिम्रो दोष पनि मलाई थुपारेर आफु चोखि बनेर गयौ सम्झिदै मलाई आफ्नै खुट्टाको धुल जान्न मन लाग्छ !! "मुक्तक"८ फेरि किन बल्झियो पुरानै चोट दोधारमा छु आज पनि मलाई लगायौ खोट दोधारमा छु दोषी सधैको दोषी हुनेभएँ उस्को हेराईमा म अपवित्र भएछ कि तुलसीको बोट दोधारमा छु !! "मुक्तक"९ "आइत हाल्यो काल छेकुँ कसरि "बिधाताको लेखा रैछ देखुँ कसरि" "प्राण पखेरु उडि गयो हावा सरि" "तिमिलाई अतिम पत्र लेखुँ कसरि" !! "मुक्तक"१० नियतिले खप्परैमा लेख्यो लेख्न त खुशी मेरो अक्करैमा लेख्यो लेख्न त.!! पाउन खोज्छु थोरै खुशी फेरि हराउछ खै कुन्नि के चक्करैमा लेख्यो लेख्न त!! "मुक्तक"११ न वारि न त पारि दोधारमा छ जिन्दगी सबैले भन्दछन् चर्को मारमा छ जिन्दगी खै मैले पनि बुझ्नै सकिन जिन्दगीलाई लाग्छ उठ्नै नसक्ने भंगारमा छ जिन्दगी !! "मुक्तक"१२ न तिमि थियौ न तिम्रो साथ थियो न जुन थियो न जुनेलि रात थियो तर पनि उन्कै पर्खाईमा बसिरहे म किनकि उन्लाई भन्ने खास बात थियो !! "मुक्तक"१३ यसै गरि तिमि सामु #आउन मन लाग्छ हाम्रो पिरथिको गित #गाउन मन लाग्छ भन्छिन उनि सधै भरि अंगालोमा बेरि मेरै नामको सिन्दुर #लाउन मन लाग्छ !! "मुक्तक"१४ सधै भरि आमा भन्दै त्यो काखमा #रून पाउँ म जुनि जुनि सयौं जुनि हजुरकै सन्तान #हुन पाउँ म अरू चाह रति भरपनि छदै छैन मेरो यो मनमा सिर झुकाएर कोमल पाउ हजुरैको #छुन पाउँ म !! "मुक्तक"१५ अरे यार कहाँ-कहाँ चुमिन्छ यौवनको मातमा अंधकारमै लठ्ठ भै झुमिन्छ यौवनको मातमा जब बैश हुन्छ साथै जवानि पनि हुन्छनि हजुर मोज मस्ति गर्दै घुमिन्छ यौवनको मातमा !! "मुक्तक"१६ जनतालाई उचित #जवाफ चाहियो नेतालाई भने सदैब #रवाफ चाहियो सदनमा सान्ति बार्ता होस नहोस यार खाजामा बिरानि सँगै #कबाब चाहियो !! "मुक्तक"१७ जब मान्छे मान्छे कै #बिनासकारि हुनेछ चिन्ने छैनन् कसैले त्यो #नकाबधारि हुनेछ कसरि अगाडि जान्छन् ति गरिबहरु कठै चारैतिर शोषण अनि #कालाबजारि हुनेछ !! "मुक्तक"१८ यता काट्दा उता दुख्छ भने म रूदा आशूँ तिम्रो सुक्छ भने भनिरहनु पर्दैन यहि नै हो माया मैले हेर्दा परेलि त्यो झुक्छ भने !! "मुक्तक"१९ मोम झै पग्लिएर #सकिनु छैन तिम्रै कुरामा अब #बहकिनु छैन अझ सम्म म प्रेममा अन्धो भए कुनै आस्वासनमा #मक्किनु छैन!! "मुक्तक"२० के आलु के पिडालु भाउ बढ्यो यस्सो गजल कोर्दैमा नाउ बढ्यो भनेर दंग पर्दैछन् कोहि कोहि याँ थोरै टेकेको मात्रै थिए ठाउँ बढ्यो !! "मुक्तक"२१ नलाउनु माया ब्यर्थै मैले #लाएर गल्ती गरेछु गरिब थिए तिम्रो सामु #आएर गल्ती गरेछु जुनि-जुनि सयौ जुनि सँगै जिउने-मर्ने भनि देउरालिमा झुटो कसम #खाएर गल्ती गरेछु!! -मुक्तक-२२ आफ्नै मुटु #फुटाएर के _माया लाउनु अश्रू _धारा #छुटाएर के _माया लाउनु क्षणिक _प्रेममा _अब रम्नु _छैन मलाई पराईलाई माया #लुटाएर के माया लाउनु !! ''मुक्तक''२३ म #छल्किएर कहिले हिडिन हो #पल्किएर कहिले हिडिन तिमिलाई जस्तो _बैस आथ्यो हेर #ढल्किएर कहिले हिडिन !! ''मुक्तक''२४ साच्चै मलाई #सताउन कति जानेकि चिप्ला कुराले #रताउन कति जानेकि समिपै आई जब नसालु आखाँले हेरि मेरो मनलाई #मताउन कति जानेकि ।। ''मुक्तक''२५ तिम्रो अनौठो पारा देखेर छक्क पर्छु म अनि जगत सारा देखेर छक्क पर्छु म हेर बिहानि नहुदै अनायासै खस्दछ त्यो तेहि रातको तारा देखेर छक्क पर्छु म!! ''मुक्तक''२६ हुनि र नहुनि मिल्दै मिल्दैन गुनि र बैगुनि मिल्दै मिल्दैन तेहि भएर तर्केउ तिमि पनि सद्दे र चुहिनि मिल्दै मिल्दैन !! ''मुक्तक''२७ जुनेलिमा उनि सँगै रमाउने बाचा थियो मेरो अंगालोमा उन्लाई समाउने बाचा थियो मेरो आखिर जुन मामाले घात गरि कता गए कता उनि सँगै घरबार जमाउने बाचा थियो मेरो !! ''मुक्तक''२८ बिस्व चकित भो राजनितिक ढंग देखेर केटाहरू बेहोस नै भए तिम्रा अंग देखेर ! केटि र राजनितिक उस्तै लाग्छ मलाई त बुझ्दै नबुझि यि दुबै चिज, सबै दंग देखेर !! ''मुक्तक ''२९ दुख पिरमै जाला समय खालि भिरमै जाला समय बाटो हेरेर रूदै हौलि पृया खोलि तिरमै जाला समय !! "मुक्तक'३० "फोनमा सधै रुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "साच्चै बेहाल हुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "कठै उमेर नपुग्दै मुग्लान लागिस बाबु त भनेर झनै" "आशूँले गहँ धुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "मुक्तक"३१ म तिम्रो अंग अंग डुल्दा कसो गरौलि ? सरिरका ति वस्त्र खुल्दा कसो गरौलि ? कसेर अंगालोमा तिमिलाई बेरौला जब ? तब यौवनको मात्मा झुल्दा कसो गरौलि ? "मुक्तक"३२ मलाई बाटो कुराई आइनौ तिमि हरेक रात झै मुटूमा छाइनौ तिमि पर्खि बस केहि क्षणमा फिर्छु भन्यौ दुखेको घाउमा मलम लाइनौ तिमि !! "मुक्तक"३३ भो अब छट्पटिमा कति बाच्ने हो र ? झुटो यो प्यारमा सधै कति नाच्ने हो र ? जति गरेपनि बिस्वास नरहे पछि यहाँ उन्कै तस्वीर मुटूमा कति साच्ने हो र ? "मुक्तक"३४ के फेसन आयो नयाँ कपडा काटेर लाउने हुदा हुदैको मिनिस्कट पनि छाटेर लाउने मतलब छैन दुनियाँको आफ्नै सुरमा छन् देखियोस बरू भित्रि बस्त्रनै आँटेर लाउने!! "मुक्तक"३५ झोला बोकि साहुको ऋण तिर्न गए परदेश आखिर कालले छोप्यो बेबारिसे भए परदेश के दोष थियो दैब मुर्छामा पार्यो बुढि आमा फर्कि आउने आशै मर्यो चिहानमा रहे परदेश!! "मुक्तक"३६ मलाई मेरै हालमा छोडिदेउ बिन्ति?? नाता साईनो सबै तोडिदेउ बिन्ति?? अब सँगै सफर नहुने भय पछि यहाँ हरेक बाटो र घुम्ति मोडिदेउ बिन्ति?? "मुक्तक"३७ तिम्रै बाटो हेर्दा हेर्दै मर्छु होला म हो प्रिय पर्लोकमा सर्छु होला म आउ एक झलक अन्तिम पल्ट सायद बैतर्नि सिधै तर्छु होला म!! "मुक्तक"३८ हिम्मत राखेर चल पक्कै पुगिन्छ थोरै भयपनि बल पक्कै पुगिन्छ सिखरमा पुग्न फेदि बाटै जानु पर्छ समयले गरेपनि छल पक्कै पुगिन्छ !! "मुक्तक"३९ चर्किएको मुटू मेरो टालौलि के ले?? लागेको यो खाटो फालौलि के ले?? जसरिनि दिलमा ज्योति छर्छु भन्यौ तेल बिनानै दियो बालौलि के ले?? "मुक्तक"४० तिम्रो साथ नपाएको भए ढल्थे होला म समसानैमा चित्ता माथि जल्थे होला म बिस्तारै आगोको लप्काले सरिर ढाक्दा एक-एक गरि आगोमानै गल्थे होला म!! "मुक्तक''४१ बन्धकिमा राखी जिवन मेरो लागे खाडितिर एउटा सानो झोला भिरेर म भागे खाडितिर नबुझेर यता उता डुल्दा जेलमा लगि कुट्यो नमार भो भनेर यो प्राण भिक मागे खाडितिर !! "मुक्तक"४२ मनको मान्छे टाढा हुदा जिउन सकिन सधै भरि अश्रुँ धारा पिउन सकिन कति बसु तड्पिएर गार्ह्रो पर्यो मलाई च्यातिएको मुटू एक्लै सिउन सकिन !! "मुक्तक"४३ हातमा हात मिलाएरै बडौ अघि साथमा साथ मिलाएरै बडौ अघि बदल्न यो देशको कालो रात लाई रातमा रात मिलाएरै बडौ अघि !! "मुक्तक"४४ देश बदल्नु छ समाज बदल्नु छ सबै युवा मिलेर आज बदल्नु छ प्रगति हुदैन यस्तो ब्यबस्थाले याँ चलि आ'को गुण्डा राज बदल्नु छ!! "मुक्तक"४५ आउदै गर्दा बाटोमा ठेस लागेर लडे स्वदेशि यो माटोमा ठेस लागेर लडे कत्ति दुखाई भएन तर मलाई हजुर मातृभूमि पाटोमा ठेस लागेर लडें !! "मुक्तक"४६ रुन्न भन्दा पनि रुनै पर्ने भो बिपरित ध्रुव हुनै पर्ने भो जस्ले पनि मुटू घोचेरै जाने परेलि आशुँले धुनै पर्ने भो !! "मुक्तक"४७ रून्न भन्थे रूनि बनायौ तस्वीर तिम्रै छुनि बनायौ आखिरी यो झुटो मायामा पागल जस्तै हुनि बनायौ !! "मुक्तक"४८ धेरै गार्हो छ मन जोड्न यार अझै गार्हो छ धन जोड्न यार भावना मिल्दै मिलेन भने अझ झनै गार्हो छ जन जोड्न यार !! "मुक्तक"४९ काम छैन काज छैन भन्छन बा ले खाना माग्न लाज छैन भन्छन बा ले शनिवार पारेर भेट्न आईज भन्थि पैशा मागेको आज छैन भन्छन बा ले !! "मुक्तक"५० बाटो छेकि तिमिलाई मनाउनु छैन करकाप गरि आफ्नो बनाउनु छैन नभएको माया छ भनेर झ्यालिपिटि समाजमा अब देखि "म" गनाउनु छैन!! "मुक्तक"५१ देशको माया बोकि मर्न तयार छु छातिमा गोलि ठोकि मर्न तयार छु हो मेरो मातृभूमि को लागि सदैव खाना पानि रोकि मर्न तयार छु !! "मुक्तक"५२ कहिले मायलु त कहिले साथी भन्छे कहिले मेरो कालु त कहिले घाति भन्छे म पनि मन चोर्न म्वाई खाउन त भन्छु लजाउदै उ अहिले होईन राति भन्छे !! "मुक्तक"५३ किन किन संका लाग्छ आफ्नै सँग बचेको बिसवास भाग्छ आफ्नै सँग जब घात गरे आफन्तले सधै मलाई हृदय बाटनै घृणा जाग्छ आफ्नै सँग !! "मुक्तक"५४ पापि नजर तिमिमा पारि हाले लौ तिम्रै दिलमा डेरा सारि हाले लौ तिमि हुन्न हुन्न भन्दै थियौ तर पनि मायाको जाल तिमिमा झारि हाले लौ!! "मुक्तक"५५ आज काखैमा बस्ने मैले दाउ हेर्दै छु कतै छ कि त एकान्त खै ठाउँ हेर्दै छु प्रिय सँग धेरै पछि भेट भएको बेलाँ झट्ट आइ कुट्छ कि भनि बाउ हेर्दै छु !!  ''मुक्तक''५६ चाहना बढायौ तिमिले ओईलिएर झरे पछि आज पश्चातापमा जल्दै छौ रे ,म मरे पछि आखिरिमा म प्रति माया पलाएछ ढिलै भएनी के गर्छौ अब तिमी म स्मशानमा सरे पछि!! "मुक्तक"-५७ साँच्चै नै हो धन हुनेको मन हुदैन अनि फेरि मन   हुनेको धन हुदैन बाचुञ्जेलि साख्य बन्छन धेरै तर मरेपछि काध थाप्ने एक जन हुदैन !! "मुक्तक''-५८ पाए सम्म नेताले चाटेको चाटै छन जनतालाई सधै ढाँटेको ढाँटै छन कस्का बाउको के जाने भो र यहा ? रंगमंचमा भाशण छाँटेको छाँटै छन !! "मुक्तक" ५९ दु:ख पिरमै जाला समय खालि भिरमै जाला समय बाटो हेरेर रुँदै हौलि प्रिया खोलि तिरमै जाला समय  !! ''मुक्तक''६० जब समस्याले घेर्छ मानिसलाई रुनमात्रै सक्दैन फिक्का हासो हाँसेकै हुन्छ खुशी हुनमात्रै सक्दैन अरूको सामु देखावटि हाँसो छर्नुनै जिवन रहेछ त्यसैले आत्मा रुँदा'नि आशुँले गह धुनमात्रै सक्दैन।। ''मुक्तक' ६१ साच्चै मलाई सताउन कति जानेकि चिप्ला कुराले रताउन कति जानेकि समिपै आई जब नसालु आखाँले हेरि मेरो मनलाई मताउन कति जानेकि । "मुक्तक" ६२ परदेशिए म फिर्दा देश  नरहला कला,संस्कृति अनि भेष नरहला यहि चिन्ता लागिरहन्छ    अचेल कतै म खेलेकै गाउँ  शेष नरहला !! "मुक्तक" ६३ तिमी धनि म गरिब मिल्दै मिलेन म लुरे तिमि हरिप मिल्दै मिलेन तेसै मिलाउछु भनेर कहाँ हुन्छ म झुत्रे तिमि सरिप मिल्दै मिलेन !! "मुक्तक' ६४ फोनमा सधै रुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा साच्चै बेहाल हुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा कठै उमेर नपुग्दै मुग्लान लागिस बाबु  त भनेर झनै आशूँले गहँ धुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा "मुक्तक "६५ सधै बसि बसि मिठो मीठो खान नखोज तिम्रैलागि परदेशीएं म छोडि जान नखोज ! कमाउदै छु खुन पसिना बहाएर तिम्रैलागि सर्बस्व लुटि मलाई अन्तै सबै लान नखोज "मुक्तक"६६ छटपटिमा रातहरु कटाएको कस्ले देख्यो र चर्को मुटू दुख्दा मैले खटाएको कस्ले देख्यो र तिम्रै पिरले मदिरामा चुर्लुम्म डुबि रहेछु अचेल मैले आफ्नै आयु दिनकै घटाएको कस्ले देख्यो र! "मुक्तक"६७ आलो घाउँमा नुन लाउने बानि गएन सधै पराईलाई गुन लाउने बानि गएन कसरि आफ्नो भनेर बोलाउँ तिमिलाई नमर्दै शंखको धुन लाउने बानि गएन!! "मुक्तक"६८ पिर लियर आफैलाई नकुझाउनु आमा सधै भरि आशुँले नयन नरूझाउनु आमा तिमि मात्रै छैनौ, हजारले गुमाएछन् छोरा यस्तै रैछ संसार भनि मन बुझाउनु आमा "मुक्तक"६९ फेसबुक मै भुलि माईलि पनि आईन भेट्न हो पल्ला घरकि साईलि पनि आईन भेट्न सबैले पल्लो डाडाँमा भेट्ने है भनेका थिए कुर्नु सम्म कुरे म काईलि पनि आईन भेट्न !! "मुक्तक"७० आज उन्को याद, ऑखा रसाउन आयो र फेरि यै मुटुमा, खन्जर धसाउन आयो उन्का बिम्वहरू, मैले भुल्नै लाग्दा खेरि त्यो तस्बिर भने, फेरि मुटु टसाउन आयो!! "मुक्तक"७१ न मर्ने सके, न केहि गर्न सके भन्छन् बाले न तिमिहरुलाई खुशी छर्न सके भन्छन् बाले सधै राम्रो शिक्षा दिक्षा दिन नसक्दा पिडा भयो न आफ्नै ओठमा हासो भर्न सके भन्छन् बाले !! "मुक्तक"७२ भित्र भित्रै मन पोल्छ आशुँ खस्छ बर्रबरि झनै मुटू कोक्याउछ बलिन धारा तर्रतरि सम्हालेर राख्दा राख्दै ठुलै खाटो भैगयो आज होकि भोलि, आंगै काम्छ थर्रथरि "मुक्तक"७३ हो बारम्बार प्रहार यहि दिलमा भएको छ र चस्किने स्वभाव त्यो खिलमा भएको छ बचनको उपहार सँधै पठाईरहन्छ कोहि रत हरदम आँशु आँखाको डिलमा भएको छ!! "मुक्तक"७४ हो एउटा फुल डालिबाटै झर्यो भन्नु आमा तिम्रो छोरो प्रवासमानै मर्यो भन्नु आमा सकिन म सधै भरी तिम्रो आशुँ पुछ्नलाई सोधे भने कसैले पर्लोकमा सर्यो भन्नु आमा !! "मुक्तक"७५ अति गर्यौ सरकार त्रिपाल पठाएर खाना नै नभएको बेला थाल पठाएर कुपोषण निवारण गर्ने उर्दि सुनाउँदैछौ हरेक स्वास्थ्य चौकीमा ढाल पठाएर !! "मुक्तक"७६ छटपटिमा रातहरु कटाएको कस्ले देख्यो र चर्को मुटू दुख्दा मैले खटाएको कस्ले देख्यो र तिम्रै पिरले मदिरामा चुर्लुम्म डुबि रहेछु अचेल मैले आफ्नै आयु दिनकै घटाएको कस्ले देख्यो र! "मुक्तक"७७ मलाई बाटो कुराई आइनौ तिमि हरेक रात झै मुटूमा छाइनौ तिमि पर्खि बस केहि क्षणमा फिर्छु भन्यौ दुखेको घाउमा मलम लाइनौ तिमि !! "मुक्तक"७८ भो अब छट्पटिमा कति बाच्ने हो र ? झुटो यो प्यारमा सधै कति नाच्ने हो र ? जति गरेपनि बिस्वास नरहे पछि यहाँ उन्कै तस्वीर मुटूमा कति साच्ने हो र ? "मुक्तक"७९ के फेसन आयो नयाँ कपडा काटेर लाउने हुदा हुदैको मिनिस्कट पनि छाटेर लाउने मतलब छैन दुनियाँको आफ्नै सुरमा छन् देखियोस बरू भित्रि बस्त्रनै आँटेर लाउने!! प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर (गौचरन) हाल-चेन्नई दक्षिण भारत माता-टिका माया पाठक पिता-भिम बहादुर पाठक मो. ०८८७०९९७१९५"मुक्तक"१ बाटोमा हिड्ने कालि पनि राम्रै लाग्छ लौ मेरै दाईकि सालि पनि राम्रै लाग्छ जहिले देखि मायामा पर्यो यो मन मरो हरेक फटाह र जालि पनि राम्रै लाग्छ!! "मुक्तक"२ गरिबको त्यो पसिनाको मुल्य हुने भए साच्चै झिझा र मसिनाको मुल्य हुने भए पक्कै गरिबहरू तेहि बेचेर धनि हुने थिए कयौं पग्लिजाने असिनाको मुल्य हुने भए !! "मुक्तक"३ "गजल के गजल यदि भाव छैन भने" "साल कहलिदैन बृक्ष गाव छैन भने" "नेपालि के भन्नु तिमिहरु लाई यहाँ" "यदि नेपालि पनमा लगाव छैन भने"!! "मुक्तक"४ लौन घाटि खसखसायो कुरा काटेकि ?? मेरै बारेमा सड्यन्त्र यहाँ रच्न आटेकि ?? भरै छैन आफन्तहरुनै पराई हुदा रैछन् पराई सँग ठिक्क परि मेरै बात छाटेकि ?? "मुक्तक"५ "माया प्रेमको बात उनिबाटै गरिन्छ" "आखिरिमा ठूलो घात उनिबाटै गरिन्छ" !! "आफू पवित्र बनेर बसे भैगोनि त" "किन त तल्लो जात उनिबाटै गरिन्छ"!!!! !! "मुक्तक"६ सुख छैन शान्ति छैन यो मनमा कहिलेपनि तिमि रोएको सधै देख्छु सपनामा जहिलेपनि सन्चो छ कि बिसन्चो छ पियारिलाई खै कुन्नि देब्रे आखाँ फर्फराछ झनै चर्को अहिलेपनि !! "मुक्तक"७ तिमिलेनै भन काडा थियो कि फुल जान्न मन लाग्छ अनि मेरो थियो कि तिम्रो थियो भुल जान्न मन लाग्छ तिम्रो दोष पनि मलाई थुपारेर आफु चोखि बनेर गयौ सम्झिदै मलाई आफ्नै खुट्टाको धुल जान्न मन लाग्छ !! "मुक्तक"८ फेरि किन बल्झियो पुरानै चोट दोधारमा छु आज पनि मलाई लगायौ खोट दोधारमा छु दोषी सधैको दोषी हुनेभएँ उस्को हेराईमा म अपवित्र भएछ कि तुलसीको बोट दोधारमा छु !! "मुक्तक"९ "आइत हाल्यो काल छेकुँ कसरि "बिधाताको लेखा रैछ देखुँ कसरि" "प्राण पखेरु उडि गयो हावा सरि" "तिमिलाई अतिम पत्र लेखुँ कसरि" !! "मुक्तक"१० नियतिले खप्परैमा लेख्यो लेख्न त खुशी मेरो अक्करैमा लेख्यो लेख्न त.!! पाउन खोज्छु थोरै खुशी फेरि हराउछ खै कुन्नि के चक्करैमा लेख्यो लेख्न त!! "मुक्तक"११ न वारि न त पारि दोधारमा छ जिन्दगी सबैले भन्दछन् चर्को मारमा छ जिन्दगी खै मैले पनि बुझ्नै सकिन जिन्दगीलाई लाग्छ उठ्नै नसक्ने भंगारमा छ जिन्दगी !! "मुक्तक"१२ न तिमि थियौ न तिम्रो साथ थियो न जुन थियो न जुनेलि रात थियो तर पनि उन्कै पर्खाईमा बसिरहे म किनकि उन्लाई भन्ने खास बात थियो !! "मुक्तक"१३ यसै गरि तिमि सामु #आउन मन लाग्छ हाम्रो पिरथिको गित #गाउन मन लाग्छ भन्छिन उनि सधै भरि अंगालोमा बेरि मेरै नामको सिन्दुर #लाउन मन लाग्छ !! "मुक्तक"१४ सधै भरि आमा भन्दै त्यो काखमा #रून पाउँ म जुनि जुनि सयौं जुनि हजुरकै सन्तान #हुन पाउँ म अरू चाह रति भरपनि छदै छैन मेरो यो मनमा सिर झुकाएर कोमल पाउ हजुरैको #छुन पाउँ म !! "मुक्तक"१५ अरे यार कहाँ-कहाँ चुमिन्छ यौवनको मातमा अंधकारमै लठ्ठ भै झुमिन्छ यौवनको मातमा जब बैश हुन्छ साथै जवानि पनि हुन्छनि हजुर मोज मस्ति गर्दै घुमिन्छ यौवनको मातमा !! "मुक्तक"१६ जनतालाई उचित #जवाफ चाहियो नेतालाई भने सदैब #रवाफ चाहियो सदनमा सान्ति बार्ता होस नहोस यार खाजामा बिरानि सँगै #कबाब चाहियो !! "मुक्तक"१७ जब मान्छे मान्छे कै #बिनासकारि हुनेछ चिन्ने छैनन् कसैले त्यो #नकाबधारि हुनेछ कसरि अगाडि जान्छन् ति गरिबहरु कठै चारैतिर शोषण अनि #कालाबजारि हुनेछ !! "मुक्तक"१८ यता काट्दा उता दुख्छ भने म रूदा आशूँ तिम्रो सुक्छ भने भनिरहनु पर्दैन यहि नै हो माया मैले हेर्दा परेलि त्यो झुक्छ भने !! "मुक्तक"१९ मोम झै पग्लिएर #सकिनु छैन तिम्रै कुरामा अब #बहकिनु छैन अझ सम्म म प्रेममा अन्धो भए कुनै आस्वासनमा #मक्किनु छैन!! "मुक्तक"२० के आलु के पिडालु भाउ बढ्यो यस्सो गजल कोर्दैमा नाउ बढ्यो भनेर दंग पर्दैछन् कोहि कोहि याँ थोरै टेकेको मात्रै थिए ठाउँ बढ्यो !! "मुक्तक"२१ नलाउनु माया ब्यर्थै मैले #लाएर गल्ती गरेछु गरिब थिए तिम्रो सामु #आएर गल्ती गरेछु जुनि-जुनि सयौ जुनि सँगै जिउने-मर्ने भनि देउरालिमा झुटो कसम #खाएर गल्ती गरेछु!! -मुक्तक-२२ आफ्नै मुटु #फुटाएर के _माया लाउनु अश्रू _धारा #छुटाएर के _माया लाउनु क्षणिक _प्रेममा _अब रम्नु _छैन मलाई पराईलाई माया #लुटाएर के माया लाउनु !! ''मुक्तक''२३ म #छल्किएर कहिले हिडिन हो #पल्किएर कहिले हिडिन तिमिलाई जस्तो _बैस आथ्यो हेर #ढल्किएर कहिले हिडिन !! ''मुक्तक''२४ साच्चै मलाई #सताउन कति जानेकि चिप्ला कुराले #रताउन कति जानेकि समिपै आई जब नसालु आखाँले हेरि मेरो मनलाई #मताउन कति जानेकि ।। ''मुक्तक''२५ तिम्रो अनौठो पारा देखेर छक्क पर्छु म अनि जगत सारा देखेर छक्क पर्छु म हेर बिहानि नहुदै अनायासै खस्दछ त्यो तेहि रातको तारा देखेर छक्क पर्छु म!! ''मुक्तक''२६ हुनि र नहुनि मिल्दै मिल्दैन गुनि र बैगुनि मिल्दै मिल्दैन तेहि भएर तर्केउ तिमि पनि सद्दे र चुहिनि मिल्दै मिल्दैन !! ''मुक्तक''२७ जुनेलिमा उनि सँगै रमाउने बाचा थियो मेरो अंगालोमा उन्लाई समाउने बाचा थियो मेरो आखिर जुन मामाले घात गरि कता गए कता उनि सँगै घरबार जमाउने बाचा थियो मेरो !! ''मुक्तक''२८ बिस्व चकित भो राजनितिक ढंग देखेर केटाहरू बेहोस नै भए तिम्रा अंग देखेर ! केटि र राजनितिक उस्तै लाग्छ मलाई त बुझ्दै नबुझि यि दुबै चिज, सबै दंग देखेर !! ''मुक्तक ''२९ दुख पिरमै जाला समय खालि भिरमै जाला समय बाटो हेरेर रूदै हौलि पृया खोलि तिरमै जाला समय !! "मुक्तक'३० "फोनमा सधै रुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "साच्चै बेहाल हुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "कठै उमेर नपुग्दै मुग्लान लागिस बाबु त भनेर झनै" "आशूँले गहँ धुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "मुक्तक"३१ म तिम्रो अंग अंग डुल्दा कसो गरौलि ? सरिरका ति वस्त्र खुल्दा कसो गरौलि ? कसेर अंगालोमा तिमिलाई बेरौला जब ? तब यौवनको मात्मा झुल्दा कसो गरौलि ? "मुक्तक"३२ मलाई बाटो कुराई आइनौ तिमि हरेक रात झै मुटूमा छाइनौ तिमि पर्खि बस केहि क्षणमा फिर्छु भन्यौ दुखेको घाउमा मलम लाइनौ तिमि !! "मुक्तक"३३ भो अब छट्पटिमा कति बाच्ने हो र ? झुटो यो प्यारमा सधै कति नाच्ने हो र ? जति गरेपनि बिस्वास नरहे पछि यहाँ उन्कै तस्वीर मुटूमा कति साच्ने हो र ? "मुक्तक"३४ के फेसन आयो नयाँ कपडा काटेर लाउने हुदा हुदैको मिनिस्कट पनि छाटेर लाउने मतलब छैन दुनियाँको आफ्नै सुरमा छन् देखियोस बरू भित्रि बस्त्रनै आँटेर लाउने!! "मुक्तक"३५ झोला बोकि साहुको ऋण तिर्न गए परदेश आखिर कालले छोप्यो बेबारिसे भए परदेश के दोष थियो दैब मुर्छामा पार्यो बुढि आमा फर्कि आउने आशै मर्यो चिहानमा रहे परदेश!! "मुक्तक"३६ मलाई मेरै हालमा छोडिदेउ बिन्ति?? नाता साईनो सबै तोडिदेउ बिन्ति?? अब सँगै सफर नहुने भय पछि यहाँ हरेक बाटो र घुम्ति मोडिदेउ बिन्ति?? "मुक्तक"३७ तिम्रै बाटो हेर्दा हेर्दै मर्छु होला म हो प्रिय पर्लोकमा सर्छु होला म आउ एक झलक अन्तिम पल्ट सायद बैतर्नि सिधै तर्छु होला म!! "मुक्तक"३८ हिम्मत राखेर चल पक्कै पुगिन्छ थोरै भयपनि बल पक्कै पुगिन्छ सिखरमा पुग्न फेदि बाटै जानु पर्छ समयले गरेपनि छल पक्कै पुगिन्छ !! "मुक्तक"३९ चर्किएको मुटू मेरो टालौलि के ले?? लागेको यो खाटो फालौलि के ले?? जसरिनि दिलमा ज्योति छर्छु भन्यौ तेल बिनानै दियो बालौलि के ले?? "मुक्तक"४० तिम्रो साथ नपाएको भए ढल्थे होला म समसानैमा चित्ता माथि जल्थे होला म बिस्तारै आगोको लप्काले सरिर ढाक्दा एक-एक गरि आगोमानै गल्थे होला म!! "मुक्तक''४१ बन्धकिमा राखी जिवन मेरो लागे खाडितिर एउटा सानो झोला भिरेर म भागे खाडितिर नबुझेर यता उता डुल्दा जेलमा लगि कुट्यो नमार भो भनेर यो प्राण भिक मागे खाडितिर !! "मुक्तक"४२ मनको मान्छे टाढा हुदा जिउन सकिन सधै भरि अश्रुँ धारा पिउन सकिन कति बसु तड्पिएर गार्ह्रो पर्यो मलाई च्यातिएको मुटू एक्लै सिउन सकिन !! "मुक्तक"४३ हातमा हात मिलाएरै बडौ अघि साथमा साथ मिलाएरै बडौ अघि बदल्न यो देशको कालो रात लाई रातमा रात मिलाएरै बडौ अघि !! "मुक्तक"४४ देश बदल्नु छ समाज बदल्नु छ सबै युवा मिलेर आज बदल्नु छ प्रगति हुदैन यस्तो ब्यबस्थाले याँ चलि आ'को गुण्डा राज बदल्नु छ!! "मुक्तक"४५ आउदै गर्दा बाटोमा ठेस लागेर लडे स्वदेशि यो माटोमा ठेस लागेर लडे कत्ति दुखाई भएन तर मलाई हजुर मातृभूमि पाटोमा ठेस लागेर लडें !! "मुक्तक"४६ रुन्न भन्दा पनि रुनै पर्ने भो बिपरित ध्रुव हुनै पर्ने भो जस्ले पनि मुटू घोचेरै जाने परेलि आशुँले धुनै पर्ने भो !! "मुक्तक"४७ रून्न भन्थे रूनि बनायौ तस्वीर तिम्रै छुनि बनायौ आखिरी यो झुटो मायामा पागल जस्तै हुनि बनायौ !! "मुक्तक"४८ धेरै गार्हो छ मन जोड्न यार अझै गार्हो छ धन जोड्न यार भावना मिल्दै मिलेन भने अझ झनै गार्हो छ जन जोड्न यार !! "मुक्तक"४९ काम छैन काज छैन भन्छन बा ले खाना माग्न लाज छैन भन्छन बा ले शनिवार पारेर भेट्न आईज भन्थि पैशा मागेको आज छैन भन्छन बा ले !! "मुक्तक"५० बाटो छेकि तिमिलाई मनाउनु छैन करकाप गरि आफ्नो बनाउनु छैन नभएको माया छ भनेर झ्यालिपिटि समाजमा अब देखि "म" गनाउनु छैन!! "मुक्तक"५१ देशको माया बोकि मर्न तयार छु छातिमा गोलि ठोकि मर्न तयार छु हो मेरो मातृभूमि को लागि सदैव खाना पानि रोकि मर्न तयार छु !! "मुक्तक"५२ कहिले मायलु त कहिले साथी भन्छे कहिले मेरो कालु त कहिले घाति भन्छे म पनि मन चोर्न म्वाई खाउन त भन्छु लजाउदै उ अहिले होईन राति भन्छे !! "मुक्तक"५३ किन किन संका लाग्छ आफ्नै सँग बचेको बिसवास भाग्छ आफ्नै सँग जब घात गरे आफन्तले सधै मलाई हृदय बाटनै घृणा जाग्छ आफ्नै सँग !! "मुक्तक"५४ पापि नजर तिमिमा पारि हाले लौ तिम्रै दिलमा डेरा सारि हाले लौ तिमि हुन्न हुन्न भन्दै थियौ तर पनि मायाको जाल तिमिमा झारि हाले लौ!! "मुक्तक"५५ आज काखैमा बस्ने मैले दाउ हेर्दै छु कतै छ कि त एकान्त खै ठाउँ हेर्दै छु प्रिय सँग धेरै पछि भेट भएको बेलाँ झट्ट आइ कुट्छ कि भनि बाउ हेर्दै छु !!  ''मुक्तक''५६ चाहना बढायौ तिमिले ओईलिएर झरे पछि आज पश्चातापमा जल्दै छौ रे ,म मरे पछि आखिरिमा म प्रति माया पलाएछ ढिलै भएनी के गर्छौ अब तिमी म स्मशानमा सरे पछि!! "मुक्तक"-५७ साँच्चै नै हो धन हुनेको मन हुदैन अनि फेरि मन   हुनेको धन हुदैन बाचुञ्जेलि साख्य बन्छन धेरै तर मरेपछि काध थाप्ने एक जन हुदैन !! "मुक्तक''-५८ पाए सम्म नेताले चाटेको चाटै छन जनतालाई सधै ढाँटेको ढाँटै छन कस्का बाउको के जाने भो र यहा ? रंगमंचमा भाशण छाँटेको छाँटै छन !! "मुक्तक" ५९ दु:ख पिरमै जाला समय खालि भिरमै जाला समय बाटो हेरेर रुँदै हौलि प्रिया खोलि तिरमै जाला समय  !! ''मुक्तक''६० जब समस्याले घेर्छ मानिसलाई रुनमात्रै सक्दैन फिक्का हासो हाँसेकै हुन्छ खुशी हुनमात्रै सक्दैन अरूको सामु देखावटि हाँसो छर्नुनै जिवन रहेछ त्यसैले आत्मा रुँदा'नि आशुँले गह धुनमात्रै सक्दैन।। ''मुक्तक' ६१ साच्चै मलाई सताउन कति जानेकि चिप्ला कुराले रताउन कति जानेकि समिपै आई जब नसालु आखाँले हेरि मेरो मनलाई मताउन कति जानेकि । "मुक्तक" ६२ परदेशिए म फिर्दा देश  नरहला कला,संस्कृति अनि भेष नरहला यहि चिन्ता लागिरहन्छ    अचेल कतै म खेलेकै गाउँ  शेष नरहला !! "मुक्तक" ६३ तिमी धनि म गरिब मिल्दै मिलेन म लुरे तिमि हरिप मिल्दै मिलेन तेसै मिलाउछु भनेर कहाँ हुन्छ म झुत्रे तिमि सरिप मिल्दै मिलेन !! "मुक्तक' ६४ फोनमा सधै रुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा साच्चै बेहाल हुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा कठै उमेर नपुग्दै मुग्लान लागिस बाबु  त भनेर झनै आशूँले गहँ धुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा "मुक्तक "६५ सधै बसि बसि मिठो मीठो खान नखोज तिम्रैलागि परदेशीएं म छोडि जान नखोज ! कमाउदै छु खुन पसिना बहाएर तिम्रैलागि सर्बस्व लुटि मलाई अन्तै सबै लान नखोज "मुक्तक"६६ छटपटिमा रातहरु कटाएको कस्ले देख्यो र चर्को मुटू दुख्दा मैले खटाएको कस्ले देख्यो र तिम्रै पिरले मदिरामा चुर्लुम्म डुबि रहेछु अचेल मैले आफ्नै आयु दिनकै घटाएको कस्ले देख्यो र! "मुक्तक"६७ आलो घाउँमा नुन लाउने बानि गएन सधै पराईलाई गुन लाउने बानि गएन कसरि आफ्नो भनेर बोलाउँ तिमिलाई नमर्दै शंखको धुन लाउने बानि गएन!! "मुक्तक"६८ पिर लियर आफैलाई नकुझाउनु आमा सधै भरि आशुँले नयन नरूझाउनु आमा तिमि मात्रै छैनौ, हजारले गुमाएछन् छोरा यस्तै रैछ संसार भनि मन बुझाउनु आमा "मुक्तक"६९ फेसबुक मै भुलि माईलि पनि आईन भेट्न हो पल्ला घरकि साईलि पनि आईन भेट्न सबैले पल्लो डाडाँमा भेट्ने है भनेका थिए कुर्नु सम्म कुरे म काईलि पनि आईन भेट्न !! "मुक्तक"७० आज उन्को याद, ऑखा रसाउन आयो र फेरि यै मुटुमा, खन्जर धसाउन आयो उन्का बिम्वहरू, मैले भुल्नै लाग्दा खेरि त्यो तस्बिर भने, फेरि मुटु टसाउन आयो!! "मुक्तक"७१ न मर्ने सके, न केहि गर्न सके भन्छन् बाले न तिमिहरुलाई खुशी छर्न सके भन्छन् बाले सधै राम्रो शिक्षा दिक्षा दिन नसक्दा पिडा भयो न आफ्नै ओठमा हासो भर्न सके भन्छन् बाले !! "मुक्तक"७२ भित्र भित्रै मन पोल्छ आशुँ खस्छ बर्रबरि झनै मुटू कोक्याउछ बलिन धारा तर्रतरि सम्हालेर राख्दा राख्दै ठुलै खाटो भैगयो आज होकि भोलि, आंगै काम्छ थर्रथरि "मुक्तक"७३ हो बारम्बार प्रहार यहि दिलमा भएको छ र चस्किने स्वभाव त्यो खिलमा भएको छ बचनको उपहार सँधै पठाईरहन्छ कोहि रत हरदम आँशु आँखाको डिलमा भएको छ!! "मुक्तक"७४ हो एउटा फुल डालिबाटै झर्यो भन्नु आमा तिम्रो छोरो प्रवासमानै मर्यो भन्नु आमा सकिन म सधै भरी तिम्रो आशुँ पुछ्नलाई सोधे भने कसैले पर्लोकमा सर्यो भन्नु आमा !! "मुक्तक"७५ अति गर्यौ सरकार त्रिपाल पठाएर खाना नै नभएको बेला थाल पठाएर कुपोषण निवारण गर्ने उर्दि सुनाउँदैछौ हरेक स्वास्थ्य चौकीमा ढाल पठाएर !! "मुक्तक"७६ छटपटिमा रातहरु कटाएको कस्ले देख्यो र चर्को मुटू दुख्दा मैले खटाएको कस्ले देख्यो र तिम्रै पिरले मदिरामा चुर्लुम्म डुबि रहेछु अचेल मैले आफ्नै आयु दिनकै घटाएको कस्ले देख्यो र! "मुक्तक"७७ मलाई बाटो कुराई आइनौ तिमि हरेक रात झै मुटूमा छाइनौ तिमि पर्खि बस केहि क्षणमा फिर्छु भन्यौ दुखेको घाउमा मलम लाइनौ तिमि !! "मुक्तक"७८ भो अब छट्पटिमा कति बाच्ने हो र ? झुटो यो प्यारमा सधै कति नाच्ने हो र ? जति गरेपनि बिस्वास नरहे पछि यहाँ उन्कै तस्वीर मुटूमा कति साच्ने हो र ? "मुक्तक"७९ के फेसन आयो नयाँ कपडा काटेर लाउने हुदा हुदैको मिनिस्कट पनि छाटेर लाउने मतलब छैन दुनियाँको आफ्नै सुरमा छन् देखियोस बरू भित्रि बस्त्रनै आँटेर लाउने!! प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर (गौचरन) हाल-चेन्नई दक्षिण भारत माता-टिका माया पाठक पिता-भिम बहादुर पाठक मो. ०८८७०९९७१९५

"मुक्तक" खै कहाँबाट छुरी धस्न जानिछौ दुवै हातले घाटी कस्न जानिछौ गाँसेर पीरतीको अटुट सम्बन्ध सर्पले जसरी यहाँ डस्न जानिछौ

"मुक्तक" आउछन् अनि जान्छन् एक्लो बनाएर कसैले त सुरू सुरूमा आफ्नो जनाएर यहाँ मनको बागमा फूल सारेर कसैले उता घरवार जोड्छन् यता बिष खनाएर

"मुक्तक" मन पाक्न सक्छ अनि मुटु पाक्न सक्छ समयले एकाएक खाडलमा जाक्न सक्छ अन्तिम पटक मेरो मुख हेर है प्रिया तिमी चल्दा चल्दैको ढुकढुकी अब थाक्न सक्छ

छन्द - खोंगमाचे सूत्र - lSS lSS SSS lSS गण - य य म य विश्राम - ६ अक्षरमा लुकाएर पीडा,मास्यौ है तिमीले र हेर्दै मलाई, हाँस्यौ है तिमीले !! कसोरी भनौ खैँ,मायाको कुरा यो नजानेर नाता, गास्यौ है तिमीले !! सदैव मुना त्यो, मायाको उमारी बलै शान्ति लौ है नास्यौ है तिमीले !! बनाएर दोषी, सारा गाउँमाझ अनौठो कुरामा छास्यौ है तिमीले !! मलाई निकाली, दिल् बाट छिट्टै अरू नै त्यहाँ को, टाँस्यौ है तिमीले

Tuesday, 26 September 2017

मझौला झ्याउरे

"स्वतंत्र गजल"

उर्लिदै गयौ सागर भेट्न रहर बनेर
पर्खेर बसेँ सदैव  मैले  बगर  बनेर
!!
हर्लक्कै आयौ उर्लेर यहाँ ढाक्यौ है डमक्कै
समाती गयौ कसैको हात सफर बनेर
!!
आयो है दशैं सबैको घर फर्क लौ मुग्लानी
कुरेरै बसेँ सदैव बुढो त्यो घर बनेर
!!
चर्केछ युद्ध कार्गिल तिर हल्ला नै बढी भो
फर्किन्नौ भन्ने बसेछ छाप लौ डर बनेर
!!
आएनौ अझै फर्केर घर मन यो डरायो
बसेछु एक्लै पिपल बिना म  बर  बनेर