रमाउने रहर थ्यो सधैँ त्यो सहरमा
झर्यो आँसु एक्लै भएको सफरमा
! !
तिमी छौ हृदयमा भनूँ के गरेर
छुटे पुग्न सक्नेछ जीवन बगरमा
! !
बिछोड्मा हृदय चस्किएको प्रहर छ
म मुस्कान छरुँला कसोरी अधरमा
! !
चितामा पुगे'नि सकूँ हाँस्नलाई
नदेखूँ कतै आँसु तिम्रो नजरमा
! !
ए मन प्यार गर्ने रहर छोडि दे न
हृदय घाइते भो नजरको असरमा
गजल
घायल बनायो कस्ले पागल बनायो कस्ले
यो दिल दिमागमा हलचल बनायो कस्ले
! !
न टिप्न सक्छु मैले न छुन सकेँ सजिल्यै
तिम्रो माया सगरको फल बनायो कस्ले
! !
थिएँ शान्त पोखरी आफै भित्र रमाएको
पत्थर फ्याँकेर खलबल बनायो कस्ले
! !
टुट्ने थिएन साइनो उठ्ने थिएन विश्वास
भरोसा सँग सँगै यहाँ छल बनायो कस्ले
! !
मैले के गरेको छु र भनी प्रश्न गर्छन् कोही
भन आँखामा आँसुको ढल बनायो कस्ले
गजल
गजल
यो धडकन उसैको यो तडपन उसैको
सधै सम्झनामा दुख्यो मन उसैको
! !
रहर एक जाग्यो चितासम्म पुग्दा
सुनौ भन्छ यो कान गनगन उसैको
! !
हृदय जल्छ होला म जल्दा चितामा
टुटेको कहाँ रै'छ बन्धन उसैको
! !
नहाने हुने थ्यो सिसालाई पत्थर
रुँने चाह देख्दैछु झन झन उसैको
! !
म चाखेँ अधर त्यो सुरा दूर राखी
जहर लाग्न थाले ती चुम्बन उसैको
! !
अचानक दुख्यो मन जँचाएर आएँ
गढेका खिलै खिल रहेछन् उसैको
! !
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार